काठमाडौँ, ४ माघ । अस्ट्रेलिया जारी एशियन कपको राउण्ड १६ मा छनौट भएको छ ।
विहिबार सम्पन्न खेलमा सिरियालाई १-० गोल अन्तरले पराजित गर्दै अस्ट्रेलियाले समुह बी बाट राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गरेको हो ।
अस्ट्रेलियाको जितमा खेलको ५९औं मिनेटमा ज्याक्सन इर्भिनले गरेको गोल नै खेलको निर्णयक गोल बनेको थियो ।
यो अस्ट्रेलियाको लगातार दोस्रो जित हो । २ खेलमा ६ अंक हासिल गरेको अस्ट्रेलिया अहिले समुहमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै सिरियाको भने २ खेलमा एक अंक रहेको छ ।
अब अस्ट्रेलियाले अर्को खेल आगामी मंगलबार उज्बेकिस्तानसँग खेल्ने छ भने सिरियाले मंगलबार नै भारतको सामना गर्ने छ ।
जारी एशियन कपमा अहिलेसम्म अस्ट्रेलियासँगै कतारले राउण्ड १६ मा आफ्नो स्थान सुरक्षित गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया