कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

एनआइबीएल स्टेबल फन्डको आवेदन म्याद माघ १६ गतेसम्म थपियो

न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः एनआइबीएल स्टेबल फन्डमा आवेदन दिने म्याद थप गरिएको छ।

फण्ड निर्धारित समयमा बिक्री नभएपछि समय थपेर माघ १६ गतेसम्मका लागि आवेदन दिने समय अघि सारिएको हो। अब लगानीकर्ताले यसमा माघ १६ गतेसम्म आवेदन दिन सक्नेछन्। एनआइएमबी एस क्यापिटलले माघ २ गतेदेखि यस म्युचुअल फन्ड बिक्री खुला गरेको हो।

एनआइबीएल स्टेबल फन्डले कुल १० करोड इकाई बिक्री खुला गरेको हो। जसमध्ये १० लाख इकाई योजना व्यवस्थापक एनआइएमबी एस क्यापिटललाई छुट्याइएको छ।

यस्तै, १ करोड ४० लाख इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई सुरक्षित गरेको छ। बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। यो बन्दमुखी योजना हो। प्रतिइकाई १० रुपैयाँको दरले आवेदन दिन सकिनेछ।

न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ। लगानीकर्ताले सी-आस्वाको माध्यमबाट इकाई भर्न सक्नेछन्। यसमा बिक्री प्रबन्धकको काम एनआइएमबी एस क्यापिटलले गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जलवायु सङ्कट नियन्त्रणका लागि तत्काल कडा कदम चाल्न गुटेरेसको आग्रह
२०८३ कार्तिक २६, बिहिबार
अनमोल केसी अभिनीत फिल्म ‘बाटुलो जून’ आजदेखि दर्शकमाझ
२०८३ कार्तिक २६, बिहिबार
बिमस्टेक स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा क्षेत्रीय स्वास्थ्य सहकार्य सुदृढ पार्ने नेपालको प्रतिबद्धता
२०८३ कार्तिक २६, बिहिबार
एसियन बडीबिल्डिङ च्याम्पियनसिपमा नेपाली खेलाडी सहभागी हुने
२०८३ कार्तिक २६, बिहिबार
असिना पानीले धानबालीमा क्षति
२०८३ कार्तिक २६, बिहिबार
सिम्ताका विद्यालयमा अब आइतबार पनि नियमित पठनपाठन
२०८३ कार्तिक २६, बिहिबार
वीरगञ्ज कारागारबाट कैदी फरार
२०८३ कार्तिक २६, बिहिबार