मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

यू–१९ विश्वकप: नेपालको पहिलो खेल न्यूजिल्याण्ड विरुद्ध

हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः दक्षिण अफ्रिकामा जारी यू–१९ विश्वकपमा नेपालले भोलि आफ्नो पहिलो खेल न्यूजिल्याण्ड विरुद्ध खेल्दै छ । हिजोबाट शुरु भएको प्रतियोगितामा समूह चरण अन्तरगतका खेलहरु भइरहेका छन् ।

विश्वकप खेल्न समूह डिमा परेको नेपालले समूह चरणको पहिलो खेलमा भोलि न्युजिल्याण्डसंग खेल्न लागेको हो । नेपालले दोस्रो खेल माघ १० गते पाकिस्तान सँग खेल्ने छ । यसैगरी समूह चरणको अन्तिम खेल माघ १२ गते अफगानिस्तान विरुद्ध खेल्नेछ ।

विश्व कप खेल्ने नेपाली युवा टोलीको कप्तानमा देव खनाल छन् भने टोलीका अन्य सदस्यमा, अर्जुन कुमाल, आकाश त्रिपाठी, दिपक प्रसाद डुम्रे, दुर्गेश गुप्ता, र गुलशन कुमार झा, छन् । यसैगरी दिपेश प्रसाद कँडेल, दिपक बोहरा, बिशाल विक्रम केसी, सुभाष भण्डारी, दिपक बोहरा, उत्तम रंगु थापा, बिपिन रावल, तिलक राज भण्डारी,र आकाश चन्द पनि टोलीमा समावेश गरिएका छन् ।

नेपालको समूहमा रहेका अफगानिस्तान र पाकिस्तानबीच आज खेल भएको छ । यसैगरी समूह ए मा रहेका भारत र बंगलादेशबीच पनि आजै खेल भएको छ । १६ वटा टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्ने छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार