मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

प्रधानमन्त्री कपमा आज तीन खेल हुदैँ

पीएम कपको अंकतालिकामा सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब मात्र अपराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः  जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज तीन खेल हुदैँछन् ।

आज भैरहवा क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र एपीएफ क्लबबीच खेल हुदै छ ।  त्यस्तै अर्को खेल टियु मैदानमा मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशबीच हुदै छ भने तेस्रो खेल मुलपानी क्रिकेट मैदानमा बागमती प्रदेश र कर्णाली प्रदेशबीच हुदै छ ।

अहिलेसम्म पीएम कपको अंकतालिकामा सुदूरपश्चिम प्रदेश र नेपाल पुलिस क्लब मात्र अपराजित रहेका छन् । सुदूरपश्चिम र पुलिस क्लबले आफ्ना ३-३ खेल जितेर ६-६ अंकसहित पहिलो र दोस्रो स्थानमा रहेका छन् ।

त्यस्तै बागमती प्रदेश र मधेश प्रदेशले ५-५ खेलमा ३-३ खेल जितेर ६-६ अंकसहित तेस्रो र चौथो स्थानमा रहेका छन् । त्यस्तै एपीएफ क्लबले ३ खेलमा २ जित हासिल गर्दै ४ अंक हासिल गरेर पाँचौं स्थानमा रहेको छ भने त्रिभुवन आर्मी क्लबले ४ खेलमा २ अंक हासिल गरेर ४ अंकसहित छैटौं स्थानमा रहेको छ ।

त्यस्तै कर्णाली प्रदेश ४ अंकसहित सातौं स्थानमा छ भने गण्डकी प्रदेशले ४ खेलमा एक जितसहित २ अंक हासिल गर्दै आठौँ स्थानमा छ ।

त्यस्तै लुम्बिनी प्रदेशले आफ्ना ३ खेलमा एक जित र २ हार बेहोरेको छ र नवौं स्थानमा छ कोशी प्रदेशले अहिलेसम्म खेलेका ६ खेलमै हार बेहोरेर पुछारमा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार