कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

ट्रायल दिने परीक्षार्थीहरूलाई आफ्नो सवारी साधन प्रयोग गर्न दिन सतर्कता केन्द्रको निर्देशन

लाइसेन्सको ट्रायलमा आफ्नै सवारी साधन प्रयोग गर्न दिनु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः सवारी चालक अनुमति पत्र लाइसेन्सको ट्रायलमा आफ्नै सवारी साधन प्रयोग गर्न दिन राष्ट्रिय सतर्कता केन्द्रले सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

केन्द्रले सबै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गर्दै ट्रायल दिने परीक्षार्थीहरूलाई स्वेच्छाले आफ्नो सवारी साधन प्रयोग गर्न दिन पाउने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

लाइसेन्स ट्रायलमा प्रशिक्षण केन्द्रहरूले मनपरी गरिरहेको भन्ने गुनासो आएपछि केन्द्रले सचिवस्तरीय निर्णयबाट यस्तो निर्देशन दिंदै सोको कार्यान्वयनसम्बन्धी जानकारी उपलब्ध गराउन पनि भनेको छ । केन्द्रले दिएको निर्देशन कार्यान्वयन भएमा सेवाग्राहीलाई सहज हुने अपेक्षा गरिएको छ ।

सवारी चालक अनुमति पत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ लगायत कुनै पनि कानुनमा परीक्षार्थीले प्रशिक्षण केन्द्रकै सवारी साधन प्रयोग गर्नु पर्ने कुनै किसिमका बाध्यात्मक व्यवस्था नभएको पनि सतर्कता केन्द्रले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
President Poudel appoints four judges to the Supreme Court
२०८३ कार्तिक २७, शुक्रबार
काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा
२०८३ कार्तिक २७, शुक्रबार
जासुसी विवादपछि एनभिडियाका प्रमुखको राजीनामा
२०८३ कार्तिक २७, शुक्रबार
राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छ: महासचिव पोखरेल
२०८३ कार्तिक २७, शुक्रबार
त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउने योजनासहित मन्त्रालय र विश्वविद्यालयका पदाधिकारीबीच छलफल
२०८३ कार्तिक २७, शुक्रबार
भारतीय राजदूत दलेला र मन्त्री लम्सालबीच पूर्वाधार विकासमा सहकार्यबारे भेटवार्ता
२०८३ कार्तिक २७, शुक्रबार
छठ पर्वमा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
२०८३ कार्तिक २७, शुक्रबार