मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

लिभरपुल एफए कपको फाइनलमा – उपाधिका लागि चेल्सीसँग प्रतिस्पर्धा गर्ने

पहिलो लेगमा लिभरपुल २-१ गोल अन्तरले विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँः लिभरपुल एफए कप (कारबाओ कप) को फाइनलमा पुगेको छ । बुधबार राति फुलह्यामविरुद्धको सेमिफाइनलको दोस्रो लेगमा एक-एक गोलको बराबरी खेले पनि समग्रमा ३-२ को नतिजाका साथ फाइनलमा लिभरपुलले स्थान पक्का गरेको हो ।

पहिलो लेगमा लिभरपुल २-१ गोल अन्तरले विजयी भएको थियो । लिभरपुलका लागि खेलको ११औं मिनेटमा लुइस डियाजले शुरुवाती गोल गरेका थिए । एक गोलले पछि परेको फुलह्यामले ७६औं मिनेटमा बराबरी गोल फर्कायो । फुलह्यामका लागि इस्सा डिओपले बराबरी गोल गरेका हुन् ।

फाइनलमा प्रवेश गरेको लिभरपुलले उपाधिका लागि चेल्सीसँग प्रतिस्पर्धा गर्ने छ । चेल्सी अघिल्लो दिन मिडिल्सबर्गलाई समग्रमा ६-२ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो । एफए कपको उपाधि भिडन्त फेब्रुअरी २५ मा वेम्बले स्टेडियम लण्डनमा हुने छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार