असार ३१, २०८२ मंगलबार July 15, 2025

आइसोलेशनमा ज्यान गुमाएका पुरूषको रिपोर्ट नेगेटिभ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेशनमा उपचारका क्रममा मृत्यु भएका गुल्मीका बाबुराम नेपालीलाई कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि भएको छ । उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

गुल्मी धुर्कोट गाउँपालिका–४जैसीथोकका नेपालीको पीसीआर रिर्पोट नेगेटिभ आएको लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिएका छन । उनका अनुसार नेपालीको मृत्यु निमोनियाका कारण भएको हो ।

उनको आइतबार उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । भैरहवास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा भएको स्वाब परीक्षणको रिर्पोट नेगेटिभ आएको हो ।

४२ वर्षीय नेपाली ८ दिन अगाडि भारतको दिल्लीबाट गुल्मी आएर क्वारेन्टिनमा बसेका थिए । रुघाखोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि उनलाई बुटवल ल्याइएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया