असोज १, २०८३ बिहिबार September 17, 2026

आइसोलेशनमा ज्यान गुमाएका पुरूषको रिपोर्ट नेगेटिभ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको आइसोलेशनमा उपचारका क्रममा मृत्यु भएका गुल्मीका बाबुराम नेपालीलाई कोरोना भाइरसको संक्रमण नरहेको पुष्टि भएको छ । उनको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

गुल्मी धुर्कोट गाउँपालिका–४जैसीथोकका नेपालीको पीसीआर रिर्पोट नेगेटिभ आएको लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिएका छन । उनका अनुसार नेपालीको मृत्यु निमोनियाका कारण भएको हो ।

उनको आइतबार उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । भैरहवास्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा भएको स्वाब परीक्षणको रिर्पोट नेगेटिभ आएको हो ।

४२ वर्षीय नेपाली ८ दिन अगाडि भारतको दिल्लीबाट गुल्मी आएर क्वारेन्टिनमा बसेका थिए । रुघाखोकी, ज्वरो र स्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि उनलाई बुटवल ल्याइएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानसेनापति सिग्देल र चिनियाँ रक्षामन्त्रीबीच भेटवार्ता
२०८३ असोज १, बिहिबार
कैलालीमा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु
२०८३ असोज १, बिहिबार
ग्यासको मूल्य घट्यो, प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ
२०८३ असोज १, बिहिबार
डिजिटल नक्साङ्कनमा कामपाको फड्को
२०८३ असोज १, बिहिबार
त्रिविको ५२ औँ दीक्षान्त समारोहका लागि अनलाइन आवेदन खुला
२०८३ असोज १, बिहिबार
चुरे दोहन र बाढी-पहिरोको मारमा सर्लाही-१ : तटबन्ध निर्माण र कूटनीतिक पहल गर्न सरकारसँग माग
२०८३ असोज १, बिहिबार
जग्गा हदबन्दीसम्बन्धी समस्या चाँडो समाधान हुनुपर्छ : सभामुख अर्याल
२०८३ असोज १, बिहिबार