असार २३, २०८२ सोमबार July 7, 2025

आहा रारा गोल्ड कप : सङ्कटालाई ३-० गोलले हराउँदै आर्मी सेमिफाइनलमा

चार पटक फाइनले खेलिसकेको आर्मीले अहिलेसम्म उपाधि जित्न सकेको छैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः साबिक विजेता सङ्कटामाथि सहज जित निकाल्दै त्रिभुवन आर्मी क्लब २३औँ आहा रारा पोखरा गोल्ड कपको सेमिफाइनलमा पुगेको छ । पोखरा रङ्गशालामा आइतबार भएको खेलमा आर्मीले सङ्कटालाई ३-० गोलले हरायो । आर्मीले पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको थियो ।

पहिलो हाफको अतिरिक्त समयमा कप्तान भरत खवासको पासमा जिलेस्पीजंग कार्कीले गोल गर्नुभएको थियो । कार्कीले सुन्दर हेड गर्दै गोल गरेपछि आर्मीले खाता खोलेका थियो । आर्मीले दोस्रो गोल भने पेनाल्टीमा ग¥यो । ४९ औँ मिनेटमा पाएको पेनाल्टीलाई दिनेश हेमजनले गोल गर्दै अग्रता दोब्बर पार्नुभयो ।

यसअघि हेमजनले गरेको प्रहार सङ्कटाका कुलदीप कार्कीले बचाउ गर्ने क्रममा हातमा लागेपछि आर्मीले पेनाल्टी पाएको थियो । आर्मीले तेस्रो गोल ७६औँ मिनेटमा गरेको थियो । हेमजनले जिलेस्पीजंग कार्कीको पासमा व्यक्तिगत दोस्रो गोल गर्नुभएको हो ।

आर्मी र सङ्कटाबिचको प्रतिस्पर्धापूर्ण खेल हेर्न अघिल्लो दिनको तुलनामा उल्लेख्य दर्शक पोखरा रङ्गशाला पुगेका थिए । खेलमा गोल गर्ने केही पाएपनि दुई पटकको आहा रारा विजेता सङ्कटा यसपालि पहिलो खेलमै पराजित भई घर फर्किएको छ ।

आहा रारामा अहिलेसम्म चार पटक फाइनले खेलिसकेको आर्मीले अहिलेसम्म उपाधि जित्न सकेको छैन । भरत खवासको कप्तानीमा रहेको आर्मी प्रिक्वाटरमा नवलपरासीको राइजिङ स्टार क्लबलाई १–० ले पराजित गर्दै क्वाटर फाइनल पुगेको थियो ।

सङ्कटाले प्रतियोगिताको पहिलो चरणमा बाई पाउँदै सिधै क्वाटर फाइनल खेलेको हो । नेपालको राष्ट्रिय टिम फुटबल टिमबाट खेलिसक्नुभएका आर्मीका कप्तान भरत खवाससहित अहिले राष्ट्रिय टिममा रहनुभएका जिलेस्पीजंग कार्की र दिनेश हेन्जन लगायतका खेलाडी रहेको आर्मी अब उपाधि इतिहास रच्ने दाउमा छ ।

प्रतियोगितामा आर्मीले अब नेपाल पुलिस क्लब र चर्च ब्वाईजबिचको विजेतासँग माघ १८ गते खेल्नेछ । शनिबार भएको पहिलो क्वाटर फाइनलबाट थ्रिस्टार क्लब पाहुना टोली पारो एफसीलाई हराउँदै सेमिफाइनलमा पुगिसकेको छ । सोमबार जवलाखेल यूथ क्लब र मनाङ मर्स्याङ्दी क्लब आमने सामने हुँदैछन् । यो खेलको विजेतासँग थ्रिस्टारले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द
२०८२ असार २३, सोमबार
महिला एशियन कप छनोट खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश फर्किए
२०८२ असार २३, सोमबार
दरमखोला हाईड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
२०८२ असार २३, सोमबार
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार