असार २३, २०८२ सोमबार July 7, 2025

एमाले रौतहटको १० औं जिल्ला अधिवेसनको चहल पहल सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

रौतहट,१५ माघ । नेकपा एमाले रौतहटको जिल्ला अधिवेसको चहल पहल सुरु भएको छ ।

जिल्ला अधिवेसको तयारी तिब्र रुपमा भईरहेको नेकपा एमाले रौतहटका प्रचार बिभाग प्रमुख रुपेश पटेलले जानकारी दिएकाछन् ।

नेकपा एमालेको जिल्ला अधिवेशनको लागी प्रतिनिधि चयन कार्य चन्द्रपुर नगरपालिका सहितका पालिकाहरुमा सम्पन्न भएको छ । आउदो माघ २५ र २६ गते हुने एमालेको १० औ जिल्ला अधिवेशनको लागी  शनिबार जिल्लाभरी नै प्रतिनिधि चयनको कार्य भएको हो ।

चन्द्रपुर नगरपालिकाले निर्बिरोध रुपमा १० वटै वाडबाट ५७ जना प्रतिनिधि चयन कार्य सम्पन्न गरेको नेकपा एमाले चन्द्रपुर नगर कमिटिका अध्यक्ष शिव प्रसाद आचार्यले जानकारी दिएका छन ।

चन्द्रपुरको वाड वाडबाट प्रतिनिधि चयन गरिएको थियो । महिला, युवा, दलित तथा खुल्लाबाट जिल्ला अधिवेशनको लागी ५७ जना प्रतिनिधि चयन भएको अध्यक्ष आचार्यले बताए । चन्द्रपुरमा संघिय संसद तथा प्रदेश कमिटि सदस्य बिना साहलाइ निर्वाचन अधिकृतको रुपमा खटाएको थियो ।

रौतहटको अधिकांश पालिकामा सर्वसहमत रुपमा प्रतिनिधि चयन कार्य सम्पन्न भएको नेकपा एमालेका केन्द्रिय सदस्य उद्धब प्रसाद रेग्मीले जानकारी दिएका छन् ।

ति पालिकाहरुमा पनि १-२ दिन भित्र प्रतिनिधि चयन हुने केन्द्रिय सदस्य रेग्मीले बताए ।

रौतहटको १६ नगरपालिका र २ गाउपालिका गरी १८ वटा पालिकाबाट जिल्ला अधिवेशनको लागी ४ सय ३५ जना प्रतिनिधि चयन हुने भएका छन ।

पार्टीका बिभिन्न जनसंगठनहरुले पनि प्रतिनिधि चयन गरेर पठाएका छन । रौतहटमा एमालेको अधिवेशनको सरमर्गी बढेको छ । गरुडामा हुने जिल्ला अधिवेशनको उदघाटन नेकपा एमालेका अध्यक्ष केपी ओलीले गर्ने कार्यक्रम छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार