असार २३, २०८२ सोमबार July 7, 2025

विवाद मिलाउन गएका प्रहरीमाथि कुटपिट

कुटपिट पछि घाइते दुवैजना प्रहरीको हाल शिक्षण अस्पताल कोहलपुरमा उपचार हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः रुकुम पश्चिममा कुटपिटबाट दुईजना प्रहरी घाइते भएका छन् । जिल्लाको बाँफिकोट गाउँपालिका -३, स्यार्पूमा भएको सामान्य विवाद मिलाउन गएका प्रहरी कुटपिटबाट घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार घाइते हुनेमा प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्का रहेका छन् । घाइते शाहीको भित्री ढाडमा र खड्काको टाउकोमा चोट लागेको बताइएको छ । कुटपिट पछि घाइते दुवैजना प्रहरीको हाल शिक्षण अस्पताल कोहलपुरमा उपचार भैरहेको छ ।

प्रहरीले बताए अनुसार आइतबार बेलुकी ७ बजे स्यार्पु गाउँका ३४ वर्षीय हिरालाल केसीलाई स्थानीय गोबिन्द बिक र लक्ष्मण बिक लगायत १३-१४ जनाको समूहले कुटपिट गरेका थिए । कुटपिट लगत्तै स्थानीयले ईलाका प्रहरी कार्यालय बाँफिकोटलाई टेलिफोन मार्फत जानकारी गराएका थिए । त्यसपछि प्रहरी नायब निरीक्षक शोभा सिंह थारुको कमाण्डमा चारजनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

घटनास्थलमा पुगेको प्रहरीले उक्त कुटपिटको सामान्य विवाद मिलाउन खोज्दा उल्टै प्रहरीमाथि हातपात र ढुङ्गा प्रहार भएको बताइएको छ ।

प्रहरीलाई ढुङ्गा र हातपात गर्ने व्यक्तिहरु प्रहार रहेकाले १३ जनाको प्रहरी टोली थप गरेर उनीहरूको खोजी भैरहेको छ ।
घटनास्थलमा खटिएको प्रहरीलाई कुटपिट गर्ने फरार गोविन्द बिकको समूह रहेको प्रहरीको भनाइ छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार