असार २२, २०८२ आइतबार July 6, 2025

पुर्वराजा ज्ञानेन्द्र शाह र दुर्गा प्रसाईबिच भेटवार्ता

लधुवित्त, सहकारी, बैंकबाट पिडित नागरिकहरुले र भ्रष्ट नेता बाट प्रताडित देशले छिट्टै निकास पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : पुर्वराजा ज्ञानेन्द्र शाह र मेडिकल व्यवसायी एवं सामाजिक अभियान्ता दुर्गा प्रसाईबिच भेटवार्ता भएको छ । प्रसाईले सोमबार आफ्नो फेसबुक पेजमा पुर्वराजा शाह र आफ्नो फोटो पोष्ट्याउँदै श्री ५ महाराजधिराजसँग अर्थपुर्ण भेट भएको उल्लेख गरेका छन् ।

‘श्री ५ महाराजधिराजसँगको अर्थपुर्ण भेट । लधुवित्त, सहकारी, बैंकबाट पिडित नागरिकहरुले र भ्रष्ट नेता बाट प्रताडित देशले छिट्टै निकास पाउनेछ।’ उनले लेखेका छन् ।

स्रोतका अनुसार पुर्वराजा ज्ञानेन्द्रको निमन्त्रणमा प्रसाई शाहलाई भेट्न आईतबार बेलुका पर्सा पुगेका थिए । र आज सोमबार बिहान उनीहरुबिच भेट भएको हो ।

पछिल्लो समय दुर्गा प्रसाई राजतन्त्र तथा वित्तिय संस्थाको ज्यादती विरुद्ध खुला रुपमा वकालत गर्दै आईरहेका छन् भने पुर्वराजा शाहले पनि आफ्नो सक्रियता देखाईरहेका छन् ।

May be an image of 3 people, people smiling, tree and grass

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया