कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट

प्रभावितलाई पनि सेयर बाँडफाँट भएपछि मात्रै आम सर्वसाधारणका लागि आवेदन खुल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः वैदेशिक रोजगारमा रहेकाहरुका लागि सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट भएको छ । आईपीओको नतिजा केही बेरपछि सीडीएससीको अनलाइन प्रणालीबाट हेर्न सकिनेछ ।

बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले बुधबार बिहान आईपीओ बाँडफाँट गर्दै वैदेशिक रोजगारमा रहेर आईपीओमा आवेदन दिएकामध्ये ५ हजार ३४० आवेदकलाई ५० कित्ताका दरले बाँडफाँट गरिएको छ ।

उक्त आईपीओ बुक बिल्डिङ विधिमा खुलेको भएकाले यस विधिमा कम्तीमा ५० कित्ताका लागि आवेदन दिनुपर्ने र बाँडफाँटमा पनि कम्तीमा ५० कित्ता सेयर दिनुपर्ने व्यवस्था भएकोले  ५० कित्ताका दरले बाँडफाँट गर्दा थोरै संख्यामा आवेदक मात्रै समेटिएको कम्पनीले जनाएको छ ।

वैदेशिक रोजगारमा गएका कुल ३३ हजार ८२४ जनाले आवेदन दिएकोमा १४ जनाको आवेदन भने रद्द भएको थियो । बुक बिल्डिङ विधिबाट सर्वसाधारणलाई प्रतिकित्ता मूल्य ३६० रुपैयाँ ९० पैसा निर्धारण भई यस कम्पनीको आईपीओ खुलेको हो ।

पुस २५ देखि माघ १० गतेसम्म वैदेशिक रोजगारमा जाने र प्रभावित स्थानीयका लागि आईपीओ खुलेकोमा प्रभावित स्थानीयको हकमा सम्पूर्ण सेयर बिक्री नभएपछि माघ २५ सम्म आवेदन दिने अवधि लम्ब्याइएको छ । प्रभावितलाई पनि सेयर बाँडफाँट भएपछि मात्रै आम सर्वसाधारणका लागि आवेदन खुल्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जलवायु सङ्कट नियन्त्रणका लागि तत्काल कडा कदम चाल्न गुटेरेसको आग्रह
२०८३ कार्तिक २६, बिहिबार
अनमोल केसी अभिनीत फिल्म ‘बाटुलो जून’ आजदेखि दर्शकमाझ
२०८३ कार्तिक २६, बिहिबार
बिमस्टेक स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा क्षेत्रीय स्वास्थ्य सहकार्य सुदृढ पार्ने नेपालको प्रतिबद्धता
२०८३ कार्तिक २६, बिहिबार
एसियन बडीबिल्डिङ च्याम्पियनसिपमा नेपाली खेलाडी सहभागी हुने
२०८३ कार्तिक २६, बिहिबार
असिना पानीले धानबालीमा क्षति
२०८३ कार्तिक २६, बिहिबार
सिम्ताका विद्यालयमा अब आइतबार पनि नियमित पठनपाठन
२०८३ कार्तिक २६, बिहिबार
वीरगञ्ज कारागारबाट कैदी फरार
२०८३ कार्तिक २६, बिहिबार