कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

६ महिनामा साढे २६ करोडको तरकारी र फलफूल निकासी

देशकै दोस्रो तरकारी संकलन केन्द्र कपुरकोटमा असारदेखि मंसिरसम्म बजार सञ्चालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सुर्खेत, १७ माघ । सल्यानका किसानले एक सिजनमा २६ करोडभन्दा बढी रुपैयाँ भित्र्याएका छन्। गत असारदेखि मंसिरसम्म ४८ लाख ५७ हजार २४६ किलो तरकारी र फलफूल बिक्रीबाट २६ करोड ६४ लाख ५० हजार रुपैयाँ कृषकले हात पारेका छन्।

विगतका वर्षहरूको तुलनामा यो वर्ष तरकारी उत्पादन पनि बढेको छ। गत आव २०७९/८० को झण्डै ६ महिनामा १७ करोड २३ लाख १६ हजार ६ सय रुपैयाँको ४२ लाख ९९२ किलो ताजा तरकारी, फलफूल र अदुवा बिक्री भएको थियो।

यो वर्ष गतवर्षको तुलनामा तरकारीको उत्पादन बढेको र मूल्य पनि राम्रो पाएको कृषि उपज बजार सञ्चालक समिति कपुरकोटले जनाएको छ।

देशकै दोस्रो तरकारी संकलन केन्द्र कपुरकोटमा असारदेखि मंसिरसम्म बजार सञ्चालन हुने गर्दछ। उत्पादित टमाटर, काउली, बन्दागोभी, भेडेखुर्सानी, सिमी, फर्सी, आलु लगायतका बेमौसमी तरकारीले योपटक राम्रो भाउ पाएको कृषि उपज बजार सञ्चालक समिति कपुरकोटका अध्यक्ष तिलक शर्माले जानकारी दिए।

उनका अनुसार व्यापारीहरूले कपुरकोटबाट ताजा तरकारी ४६ लाख ३० हजार ८७१ किलो, अदुवा १ लाख २४ हजार १९ किलो र १ लाख २ हजार ३५६ किलो फलफूल खरिद गरेर लगेका छन्।

कपुरकोट क्षेत्रबाट सबैभन्दा धेरै टमाटर बिक्री भएको छ। किसानले १३ लाख ६९ हजार ४७५ किलो टमाटर बेची ८ करोड २३ लाख ८३ हजार ३८ रुपैयाँ आम्दानी गरेका छन्।हेमन्त केसी/न्युज कारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जलवायु सङ्कट नियन्त्रणका लागि तत्काल कडा कदम चाल्न गुटेरेसको आग्रह
२०८३ कार्तिक २६, बिहिबार
अनमोल केसी अभिनीत फिल्म ‘बाटुलो जून’ आजदेखि दर्शकमाझ
२०८३ कार्तिक २६, बिहिबार
बिमस्टेक स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा क्षेत्रीय स्वास्थ्य सहकार्य सुदृढ पार्ने नेपालको प्रतिबद्धता
२०८३ कार्तिक २६, बिहिबार
एसियन बडीबिल्डिङ च्याम्पियनसिपमा नेपाली खेलाडी सहभागी हुने
२०८३ कार्तिक २६, बिहिबार
असिना पानीले धानबालीमा क्षति
२०८३ कार्तिक २६, बिहिबार
सिम्ताका विद्यालयमा अब आइतबार पनि नियमित पठनपाठन
२०८३ कार्तिक २६, बिहिबार
वीरगञ्ज कारागारबाट कैदी फरार
२०८३ कार्तिक २६, बिहिबार