मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

आहा रारा पोखरा गोल्ड कप : त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश

आर्मीले थ्रि स्टारसँग उपाधि सहित १२ लाख १ हजार पुरस्कारको लागि शनिवार फाइनल भिड्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः विभागीय टोली त्रिभुवन आर्मी क्लब पोखरामा जारी २३ औँ संस्करणको आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०८० को फाइनलमा प्रवेश गरेको छ । पोखरा रङ्गशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा आर्मीले चर्च व्वाईज यूनाईटेड क्लबलाई अतिरिक्त समयको सहायताबाट २–१ को गोल अन्तरले पराजित गर्दै फाइनलमा यात्रा तय गरेको हो ।

९० मिनेटको निर्धारित समयमा दुवै तर्फ एक/एक गोल भए पछि खेल ३० मिनेटको अतिरिक्त समयमा धकेलिएको हो । आर्मीको जितमा दिनेश हेन्जन र अतिरिक्त समयमा रस बहादुर मगरले एक/एक गोल गर्नु भयो भने चर्च व्वाइजका समिर तामाङले एक गोल गर्नु भएको हो ।

खेलको ६१ औँ मिनेटमा चर्च व्वाईजका सन्तोष खत्रीले जितेन्द्र कार्कीलाई लडाए पछि पाएको फ्रिकिकको अवसरलाई करिब २५ यार्डबाट हेन्जनले प्रहार गरेको फ्रिकिक बलले जाली चुमेको हो । खेलको ८३ औँ मिनेटमा चर्च व्वाईजका समीर तामाङले गोल गरि खेल बराबरीमा पुर्‍याउनु भएको हो । आर्मीका जितेन्द्र कार्की र गोलरक्षक समित श्रेष्ठलाई विट गर्दै समीरले फ्रष्ट वार च्याप्दै गोल गर्नु भएको हो । आर्मीका रस बहादुर मगरले खेलको ९९ मिनेटमा गोल गर्नु भयो । वसन्त जुम्बाको क्रस बलमा मगरले गोल गर्नु भएको हो ।

आर्मीले थ्रि स्टारसँग उपाधि सहित १२ लाख १ हजार पुरस्कारको लागि शनिवार फाइनल खेलमा भिड्ने भएको छ । थ्रिस्टारले प्रिक्वाटरमा आयोजक सहारा क्लबलाई र क्वाटरफाइनलमा भने पाहुना टोली भुटानको पारो एफसीलाई पराजय गरी सेमिफाइनलमा जाउलाखेल युथ क्लबलाई पराजित गरि फाइनलमा यात्रा बनाएको हो ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा थ्रि स्टारले जाउलाखेल क्लबलाई १–० को गोल अन्तरले पराजित गर्दै फाइनलमा यात्रा बनाएको हो ।

यही माघ २० गते फाइनल खेल सहित प्रतियोगिता समापन हुने आयोजक सहारा क्लबले जनाएको छ । २३ ओं संस्करणको आहा रारा पोखरा गोल्ड कपको विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार पुरस्कार प्राप्त गर्ने भएको महासचिव रामजी प्रसाद अधिकारीले बताउनु भयो । यही माघ ९ गते देखि सुरु भएको प्रतियोगितामा एक विदेशी सहित १२ टिमको सहभागिता रहेको खेल संयोजक पूर्णबहादुर गुरुङले जनाउनु भयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मधेशमा सरकार गठनका लागि दलहरूबीच रस्साकस्सी, जसपाले माग्यो ठूलो दलको हैसियतमा नेतृत्व
२०८३ मंग्सिर ४, शुक्रबार
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार