असोज १, २०८३ बिहिबार September 17, 2026

खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन भएको छ । ३९ वर्षीय शेर्पाको बिहान ८:३० बजे निधन भएको गाउँपालिका कार्यालयले जनाएको छ ।

लामो समयदेखि क्यान्सर रोगको संक्रमण भएको र बिहान आफ्नै निवासमा निधन भएको गाउँपालिका कार्यालयले जनाएको छ । कार्यालयले शेर्पाको निधनले सिंगो गाउँपालिका मर्माहित भएको र शोकाकुल परिवारजन र खुम्बु पासाङ ल्हामुबासीमा धेर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन भन्ने कामना गरेको छ ।

शेर्पा गएको स्थानीय तहको चुनावमा तत्कालीन नेकपा एमालेको तर्फबाट अध्यक्ष निर्वाचित भएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया