कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

बेलायतका विदेश राज्यमन्त्री मिचेल नेपाल भ्रमणमा आउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँः बेलायतबाट नेपालमा अर्को भ्रमण हुने भएको छ । बेलायतका विदेश, राष्ट्रमण्डल र विकास कार्यालयका राज्यमन्त्री एन्ड्रयु मिचेलले आगामी सोमबार र मंगलबार नेपाल भ्रमण गर्न लागेका हुन् । एक साताअघिमात्र बेलायतका सेनाध्यक्ष प्याट्रिक स्यान्डर्स नेपाल भ्रमण गरी फर्केका थिए ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार उक्त अवसरमा राज्यमन्त्री मिचेलले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री प्रकाशशरण महतलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । परराष्ट्रमन्त्री एनपी साउद भने अस्ट्रेलिया र न्यूजिल्यान्ड भ्रमणमा निस्किसकेका छन् । मन्त्रालयको तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले राज्यमन्त्री मिचेलसँग भेटवार्ता गर्ने छिन् ।

नेपाल र बेलायतबीच सन् १९२३ को शान्ति तथा मैत्री शान्ति हस्ताक्षर भएको थियो । उक्त सन्धिमा हस्ताक्षर गरेको सय वर्ष पुगेको अवसरमा बेलायतबाट नेपालमा भ्रमणहरु बढिरहेका छन् । बेलायतका सेनाध्यक्ष प्याट्रिक स्यान्डर्सले माघको तेस्रो साता नेपालको चार दिने भ्रमण गरी फर्केका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
President Poudel appoints four judges to the Supreme Court
२०८३ कार्तिक २७, शुक्रबार
काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा
२०८३ कार्तिक २७, शुक्रबार
जासुसी विवादपछि एनभिडियाका प्रमुखको राजीनामा
२०८३ कार्तिक २७, शुक्रबार
राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छ: महासचिव पोखरेल
२०८३ कार्तिक २७, शुक्रबार
त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउने योजनासहित मन्त्रालय र विश्वविद्यालयका पदाधिकारीबीच छलफल
२०८३ कार्तिक २७, शुक्रबार
भारतीय राजदूत दलेला र मन्त्री लम्सालबीच पूर्वाधार विकासमा सहकार्यबारे भेटवार्ता
२०८३ कार्तिक २७, शुक्रबार
छठ पर्वमा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
२०८३ कार्तिक २७, शुक्रबार