असार २३, २०८२ सोमबार July 7, 2025

शिक्षक दरबन्दी नभएपछि चार सामुदायिक विद्यालय गाभिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सरकारी शिक्षकको दरबन्दी अभावका कारण सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाको ४ वटा सामुदायिक विद्यालय गाभ्ने भएको छ । रैथाने मावि, चिलाउने मावि, सातकन्या र टालटुले आधारभुत प्राथमिक विद्यालय गाभेर एउटा नयाँ विद्यालय बनाइने भएको हो ।

चार वटै स्कुलमा मावि तहको सरकारी दरबन्दी नभएकाले निजी स्रोतबाट स्कुल चलाउनु परेकाले गाउँपालिकाले आर्थिक भार कम गर्न मर्जरको बाटो अपनाएको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले बताएका छन ।

अध्यक्ष लामा भन्छन्,‘हाल सञ्चालन भइरहेको विद्यालयहरुमा विद्यार्थी अभाव भएकाले मर्ज गरेका होइनौं । गाउँपालिकाको बजेट शिक्षकहरुलाई तलब दिँदै सकिने भएकाले विद्यालय मर्ज गरेर आर्थिक व्ययभार कम हुन्छ र गुणस्तरीय शिक्षा र नमुना विद्यालय बनाउन स्कुल पनि बनाउन सकिन्छ भनेर गाभेका हौं।’

हाल सञ्चालन भइरहेको विद्यालयहरुमा ८ सय जना भन्दा बढि विद्यार्थी अध्यरत छन् भने ६० बढी शिक्षक कार्यरत छन् । त्यसैले चार वटै स्कुल गाभिनुको कारण भने विद्यार्थी अभाव नभएको अध्यक्ष लामा बताउँछन् । गाभिएको बिद्यालयको नाम थाङ पाल भ्याली माध्यमिक बिद्यालय रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार