मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

यु-१९ महिला क्रिकेट : सुदूरपश्चिम र गण्डकी प्रदेश विजयी

सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ८ विकेटले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः बाँकेको कोहलपुरमा सञ्चालन भइरहेको सुशील कोइराला मेमोरियल यु-१९ महिला क्रिकेट राष्ट्रिय प्रतियोगिता अन्तर्गत सोमवार सम्पन्न दुई खेलमा सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेश विजयी भएका छन् ।

सुदूरपश्चिमले बागमतीलाई तथा गण्डकीले लुम्बिनी प्रदेशलाई पराजित गरेको हो । पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ८ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा गण्डकीले लुम्बिनी प्रदेशलाई ५० रनले पराजित गरेको छ ।

पहिलो खेलमा बागमतीले दिएको ९० रनको लक्ष्य सुदूरपश्चिमले १५.४ ओभरमा दुई विकेटको क्षतिमा सहज रूपमै हासिल गरेर जित हात पारेको थियो । सो खेलमा सुदूरपश्चिमका लागि ४७ रन बनाउनुभएकी सावित्री धामीलाई प्लेयर अफ दि म्याच घोषित गरिएको थियो ।

अर्को खेलमा गण्डकीले दिएको एक सय १३ रनको लक्ष्य पछ्याएको लुम्बिनी १६.५ ओभरमा सबै विकेटको क्षतिमा ६२ रनमा समेटिएको थियो । गण्डकी प्रदेशका लागि बलिङमा सिमाना केसी एक्लैले ६ विकेट लिएर प्लेयर अफ दि म्याच हुनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार
एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड
२०८३ मंग्सिर ४, शुक्रबार