नेपालगञ्ज । बाँकेको सिमानामा रहेको बर्दियाको गाउँपालिकामा बुधबार एकैपटक २६ जना संक्रमित थपिएका छन ।
भेरी अस्पताल, नेपालगञ्जमा गरिएको परीक्षणमा बर्दियाको ३१ जनामा कोरोना देखिँदा बढैयातालका २६ जना छन् । बुधबार थपिएको सबै गाउँपालिकाको वडा नम्बर १ र २ नम्बर वडाका हुन् । वडा नम्बर १ मा १५ र वडा नम्बर २ मा एघारजना थपिएका छन् ।
बर्दिया बाँसगढी नगरपालिकामा चार र राजापुरमा एकजना थपिएका छन् । बाँसगढीको वडा नम्बर ३ का दुईजना र वडा नम्बर ७ र ९ का एक–एकजना रहेका छन् । राजापुरको वडा नम्बर ५ मा एकजना संक्रमित थपिएका छन् ।
यसैबिच भेरी अस्पतालले बाँके बैजनाथकी ४६ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको पुष्टि गरेको छ । कोहलपुर मेडिकल कलेजमा उपचार हुँदा उनको मृत्यु भएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया