असार २९, २०८२ आइतबार July 13, 2025

मुलुकको समृद्धिका लागि दलहरुबीच सहमति आवश्यक : सभामुख घिमिरे

मुलुकको अर्थतन्त्रलाई सही बाटोमा अघि बढाउँदै मुलुकको समृद्धि कायम गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सभामुख देवराज घिमिरेले मुलुकको समृद्धि र आर्थिक विकासका लागि दलहरुबीच सहमति आवश्यक रहेको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै सभामुख घिमिरेले मुलुकको राज्य व्यवस्था र सङ्घीयताका विरोधमा गलत प्रचार गरेर कतिपय मानिसहरूले मौकाको फाइदा उठाउन खोजिरहेकाले त्यसका विरुद्ध दलहरू एक हुनुपर्ने बताउनुभयो । उहाँले आफ्नो स्वार्थ र फाइदाका लागि गलत प्रचार गर्नेहरुको चाहना कहिले पनि पुरा नहुने बताउनुभयो ।

उहाँले मुलुकको अर्थतन्त्रलाई सही बाटोमा अघि बढाउँदै मुलुकको समृद्धि कायम गर्नुपर्नेमा जोड दिनुभयो । सभामुख घिमिरेले संसद्ले आफ्नो कार्यविधिभित्र रहेर मुलुकको आर्थिक स्थितिका बारेमा सर्वेक्षण गर्ने र कस्ता योजना बनाउनुपर्छ भन्ने विषयमा काम गर्ने बताउनुभयो ।

सभामुख घिमिरेले संसद्को अधिवेशन भर्खरै शुरु भएकाले एक वर्षको अनुभवसहित यसलाई गतिशिल बनाएर लैजान आफु प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले संसद्मा छलफलका लागि बिजनेसको खाँचो नरहेको र कतिपय बिजनेस समितिको छलफलमा रहेकाले समितिमा टुङ्गिएपछि त्यस्तो बिजनेस संसद्मा आउने बताउनुभयो । उहाँले सरकारले यसपालि ६१ वटा बिजनेस दिने तयारी गरेकाले ती विधेयकमा क्रमशः छलफल हँुदै जाने बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राष्ट्रपति पौडेलबाट आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको शुभकामना
२०८२ असार २९, आइतबार
आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाँईदै
२०८२ असार २९, आइतबार
एकपटक मात्रै पनि ‘चेक बाउन्स’ भए अब सिधैं कालोसूचीमा
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्घाटन
२०८२ असार २८, शनिबार
प्रधानमन्त्रीबाट दुई सयलाई जग्गा धनीपूर्जा वितरण
२०८२ असार २८, शनिबार
‘नेपालसँगको सम्बन्ध चीनको प्राथमिकतामा’ – झलनाथ खनाल
२०८२ असार २८, शनिबार
देशमा केही भएन भन्ने भाष्य गलत – यथार्थ नबुझी लहैलहैमा नलाग्न आग्रह : उपप्रधानमन्त्री सिंह
२०८२ असार २८, शनिबार