मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

पोखरा अन्तर्राष्ट्रिय म्याराथनमा केन्याली धावकको वर्चस्व

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः पोखरामा आज सम्पन्न १८ औँ संकरणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन–२०२४ मा केन्याका जुलियास मुरौकी वाहोमले उपाधि जितेका छन् ।

साविक उपविजेता ३८ वर्षीय जुलियासले यसपाली उपाधिसहित नगद ५ लाख रुपैयाँ पुरस्कार हात पार्न सफल भए। विजेता जुलियासले निर्धारित दुरी २ घण्टा १९ मिनेट ३६ सेकेण्डमा पार गरेका हुन। गत बर्ष उनले २ घण्टा २० मिनेट ३७ सेकेन्डमा उक्त दुरी पार गरेका थिए।

नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा पोखरामा आज भएको ४२ दशमलब १९६ किमीको खुला म्याराथनमा केन्याकै आइज्याक किहारा किमिरीले निर्धारित दूरी २ घण्टा २० मिनेट ५ सेकेण्डमा पार गर्दै उपविजेता भए । त्यस्तै, एड्विन किप्लागट मिरितिमले २ घण्टा २० मिनेट ४५ सेकेण्डमा उक्त दुरी पार गर्दै तेस्रो भए । नेपालको किरण बोगटी चौथो भए।

प्रतियोगितामा दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमशः ३ लाख, २ लाख र ३० हजार साथमा मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन्।

विभिन्न ९ इभेन्टमा भएको सफल म्याराथनको मुख्य इभेन्ट खुलातर्फ १ सय ८ जना धावकले भाग लिएको मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले बताउनुभयो । नेपालसहित १४ राष्ट्रका धावकले भाग लिएको प्रतियोगितामा महिलातर्फ २१ दशमलब ०९७ किमीको हाफ म्याराथन, पुरुष÷महिला १० किमी, छात्र÷छात्रा ५ किमी, महिला÷पुरुष भेट्रान्स ५ किमी, रन फर फन भएको थियो । अपाङ्गतातर्फको दौड भने गत साता सम्पन्न भइसकेको छ ।

पोखरा म्याराथन नेपालकै सर्वाधिक पुरस्कार राशि भएको म्याराथन भएको दाबी गरिएको छ । विभिन्न इभेन्ट अन्तर्गत ४१ जना विजेतालाई पुरस्कारमा मात्रै १८ लाख १६ हजार नगद प्रदान गरिएको मञ्चका निवर्तमान अध्यक्ष तेजबहादुर गुरुङले बताउनुभयो ।

म्याराथनमा टेक्निकल डिभाइस चिप्स प्रयोग गरिएको थियो । गत वर्ष म्याराथनहरूको अन्तर्राष्ट्रिय छाता संस्था एम्समा दर्ता भएको पोखरा म्याराथन पोखरा रङ्गशालादेखि सुरु भएर फेवाताल किनार क्याम्पिङ चोकमा पुगेर समापन भएको हो ।

सुजल डेरीको उत्पादन सफल दूधको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको साथमा रन फर फनअन्तर्गत हजारौँ धावक एकै पटक पोखरामा दौडिएका हुन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखराका मेयर धनराज आचार्य, एनआरएनएका अध्यक्ष बद्री केसी,लक्ष्मी हाउस प्रालिका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठलगायतका अतिथिहरू दौडमा समेत सहभागी हुनुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको अमेरिकालाई चेतावनी: सर्त मान, नत्र युद्धको सामना गर
२०८३ मंग्सिर ४, शुक्रबार
एमाले हार्नका लागि जन्मिएको पार्टी होइन, फेरि जित्छौँ : अध्यक्ष ओली
२०८३ मंग्सिर ४, शुक्रबार
Minister Mehta emphasizes curbing indiscriminate use of Antimicrobial drugs
२०८३ मंग्सिर ४, शुक्रबार
युक्रेनलाई नेटोसरह सुरक्षा ग्यारेन्टी दिन रुस सहमत हुने कुशनरको विश्वास
२०८३ मंग्सिर ४, शुक्रबार
Political parties consulted on chances of simultaneous elections
२०८३ मंग्सिर ४, शुक्रबार
सुशासन र आर्थिक रुपान्तरणबाट मुलुकमा समृद्धि आउँछ: अर्थमन्त्री वाग्ले
२०८३ मंग्सिर ४, शुक्रबार
एन्टिमाइक्रोबियल औषधिको जथाभावी प्रयोग रोक्न मन्त्री मेहताको जोड
२०८३ मंग्सिर ४, शुक्रबार