कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

प्रदेश पुनः नामकरण संघर्ष समितिका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच दोस्रो चरणको वार्ता सुरु

वार्तामा सरकारी टोलीबाट उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीलगायत सहभागी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कोशी प्रदेश सरकार र पहिचानवादी संगठनका प्रतिनिधिबीच आज दोस्रो चरणको वार्ता सुरु भएको छ ।

प्रदेशको नामकरणप्रति असन्तुष्ट रहँदै आएको प्रदेश पुनः नामकरण संघर्ष समितिका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच दोस्रो चरणको वार्ता सुरु भएको हो ।

विराटनगरस्थित इस्टर्न स्टार होटलमा बुधबार अपराह्न ४ बजे वार्ता सुरु भएको हो । गत माघ २६ गते दुबै पक्षबीच पहिलो चरणको वार्ता भएको थियो ।

त्यस क्रममा ५ बुँदे सहमति भएको थियो । पहिचान पक्षधरले निषेधको आन्दोलन फिर्ता लिएर शान्तिपूर्ण आन्दोलन गर्ने, आन्दोलनमा घाइते भएकाहरूको सरकारले उपचार गरिदिने र आन्दोलनकारीहरूमाथि लगाइएको मुद्दा फिर्ता लिने सहमति भएको थियो ।

यसैगरी, प्रदेशको पुनः नामकरणको लागि राजनीतिक सहमति जुटाउन पहल गर्ने सहमति पनि गरिएको थियो ।

वार्तामा सरकारी टोलीबाट उद्योग, कृषि तथा सहकारी मन्त्री रामकुमार खत्रीलगायत सहभागी छन् ।

कोशी सरकारले भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगु संयोजक रहनेगरी वन वातावरण तथा पर्यटन गणेश उप्रेती सदस्य तथा आन्तरिक मामिला मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेलले सदस्य रहने गरी समिति बनाएको थियो ।

मन्त्री खत्रीलाई वार्ता समिति सदस्यमा थप गरिएको हो ।

प्रदेशको नाम ‘कोशी’ राखिएसँगै पहिचान पक्षधर संगठनले असन्तुष्टि जनाउँदै आएको छ । पुनः नामकरण गरिनुपर्ने मागसहित उनीहरुले आन्दोलन गर्दै आएका थिए ।

आन्दोलनका क्रममा विराटनगरका पहिचान पक्षधर र प्रहरीबीच पटक पटक झडप भएको थियो । त्यस क्रममा आन्दोलनकारीमध्ये एकजनाको मृत्यु भएको थियो । थुप्रै घाइते भएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा
२०८३ कार्तिक २७, शुक्रबार
जासुसी विवादपछि एनभिडियाका प्रमुखको राजीनामा
२०८३ कार्तिक २७, शुक्रबार
राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छ: महासचिव पोखरेल
२०८३ कार्तिक २७, शुक्रबार
त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउने योजनासहित मन्त्रालय र विश्वविद्यालयका पदाधिकारीबीच छलफल
२०८३ कार्तिक २७, शुक्रबार
भारतीय राजदूत दलेला र मन्त्री लम्सालबीच पूर्वाधार विकासमा सहकार्यबारे भेटवार्ता
२०८३ कार्तिक २७, शुक्रबार
छठ पर्वमा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
२०८३ कार्तिक २७, शुक्रबार
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन
२०८३ कार्तिक २७, शुक्रबार