असार २८, २०८२ शनिबार July 12, 2025

प्रतिपक्षी दलको अवरोधपछि संसद् बैठक स्थगित

सांसदहरुले होहल्ला र नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रमुख प्रतिपक्षी नेकपा (एमाले)लगायत विपक्षी दलका अवरोधका कारण आजको संसद् बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका सांसदले विभिन्न विषय उठाउँदै होहल्ला र नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गर्नुभयो ।

सभामुख घिमिरेले सदन सञ्चालनमा सहयोग गर्न पटक–पटक आग्रह गर्नुभएको थियो । सभामुखको आग्रहका बाबजुद सांसदहरु आसनबाट उभिइरहेपछि उहाँले बैठक स्थगित गर्नुभएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया