कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

समाजवादी मोर्चाले ‘वामपन्थी मोर्चा’ बनाउन एमालेलाई पत्राचार गर्ने

एमालेसहित नेकपा मशाल, मोहन वैद्य ‘किरण’, आहुती, ऋणी कट्टले लगायतले नेतृत्व गरेका पार्टीलाई पत्राचार गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः समाजवादी मोर्चाले नेकपा एमालेसहित सबै वामपन्थी शक्तिलाई मोर्चामा आबद्ध हुन पत्राचार गर्ने निर्णय गरेको छ ।

आज शनिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सरकारी निवास बालुवाटारमा बसेको बैठकले मोर्चालाई विस्तार गर्ने निर्णय गरेको छ ।

नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा नेता अनिल शर्माले अब मोर्चाको निर्णयपछि मोर्चाका संयोजक समेत रहेका महासचिव विप्लवले पत्राचार गर्ने जानकारी दिए ।

एमालेसहित नेकपा मशाल, मोहन वैद्य ‘किरण’, आहुती, ऋणी कट्टले लगायतले नेतृत्व गरेका पार्टीलाई पत्राचार गरिने जनाइएको छ ।

बैठकले समाजवादी मोर्चाका नाराहरूको भित्ते लेखन गर्ने, झण्डा ब्यानरबाट प्रचार गर्ने, काठमाण्डुसहित सातै प्रदेशमा १/१ वटा गोष्ठी गर्ने र समाजवादी मोर्चाको मुखपत्र प्रकाशन गर्ने निर्णय गरेको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित शीर्ष नेताहरू सहभागी थिए । फागुन ६ गते बसेको बैठकले विप्लवलाई समाजवादी मोर्चाको संयोजक तोकेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा
२०८३ कार्तिक २७, शुक्रबार
जासुसी विवादपछि एनभिडियाका प्रमुखको राजीनामा
२०८३ कार्तिक २७, शुक्रबार
राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छ: महासचिव पोखरेल
२०८३ कार्तिक २७, शुक्रबार
त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउने योजनासहित मन्त्रालय र विश्वविद्यालयका पदाधिकारीबीच छलफल
२०८३ कार्तिक २७, शुक्रबार
भारतीय राजदूत दलेला र मन्त्री लम्सालबीच पूर्वाधार विकासमा सहकार्यबारे भेटवार्ता
२०८३ कार्तिक २७, शुक्रबार
छठ पर्वमा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
२०८३ कार्तिक २७, शुक्रबार
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन
२०८३ कार्तिक २७, शुक्रबार