असार २८, २०८२ शनिबार July 12, 2025

राष्ट्रिय सभामा छ वर्षे पदावधि पूरा गर्ने सांसदबाट अनुभव प्रस्तुत

छवर्षे पदावधि पूरा गरी राष्ट्रिय सभाका अध्यक्षसहित २० सांसद यही फागुन २० गतेदेखि बिदाई हुँदै हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय सभाको आजको बैठकमा छ वर्षे पदावधि पूरा गरी बिदाई हुन लागेका सांसदले आफ्नो अनुभव राखिरहेका छन्।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसदको अनुभव आगामी दिनमा उपयोगी हुन सक्ने उल्लेख गर्दै आफ्नो अनुभव प्रस्तुत गर्न सांसदलाई समय उपलब्ध गराएका थिए।

सभामा आफ्नो कार्यकाल पूरा गर्न लाग्नुभएका सदस्यले छ वर्षको कार्यअवधिमा सभा तथा समितिमा रही संसदीय अभ्यासमा प्राप्त गरेको अनुभवलगायत समसामयिक विषयमा बोल्न समय माग गरेकाले समय उपलब्ध गराइएको थियो।

संवैधानिक व्यवस्थाअनुसार छवर्षे पदावधि पूरा गरी राष्ट्रिय सभाका अध्यक्षसहित २० सांसद यही फागुन २० गतेदेखि बिदाई हुँदै हुँदैछन्।

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनासहित सांसद अनिता देवकोटा, इन्दु कडरिया, कुमार दसौदी, खिमलाल देवकोटा, जितेन्द्रनारायण देव, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नन्दा चपाईं, नरपति लुहार, प्रकाश पन्थ, प्रमिला कुमारी, भैरवसुन्दर श्रेष्ठ, महेशकुमार महरा, रमेशजङ्ग रायमाझी, रामचन्द्र राई, बिना पोखरेल, डा बिमला राई पौड्याल, सिंगबहादुर विश्वकर्मा र हरिराम चौधरीको पदावधि सकिन लागेको हो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया