कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

१७ बर्ष पछि दुबईमा रोजगार मेला, श्रम मन्त्री भण्डारी सहभागी

'रोजगार मेला'मा सहभागी हुन मन्त्री भण्डारीलगाएतका अतिथीहरु दुबई आईपुगे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

दुबई, १९ फागुन । आज युएईको दुबईमा आयोजना हुने ‘दुबई रोजगार मेला’ मा सहभागी हुन श्रममन्त्री शरदसिंह भण्डारी र श्रमसचिव केवल प्रसाद भण्डारी,बैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा द्वारिका उप्रेती,विभिन्न संचार माध्यमका पत्रकारहरुलगाएत बैदेशिक रोजगार ब्यावसायीहरु दुबई आईपुगेका छन ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आयोजनामा युएई स्थित दुबईको होटल जे डब्लु मेरिएट मरिनामा आयोजना हुने ‘रोजगार मेला’मा सहभागी हुन मन्त्री भण्डारीलगाएतका अतिथीहरु दुबई आईपुगेका हुन् ।

रोजगार मेलाको सम्पूर्ण तयारी पूरा भएको संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताएका छन । मेलामा एक सय भन्दा बढी मेनपावर व्यवासायीहरु सँगै एनआरएनएका प्रतिनीधिहरु र दुबईमै व्यवसाय गर्दै आएका नेपालीहरुको सहभागीता हुनेछ ।

नेपालले यसअघि २००७ जुन ६ मा दुबईको ग्रान्ड हायात होटलमा रोजगार मेलाको आयोजना गरेको थियो । त्यसको १७ बर्ष पछि रोजगार मेला आयोजना हुन लागेको हो । यो मेलाको सन्देश नेपालीलाई रोजगार दिने विश्वका बिभिन्न मुलुकमा सकारात्मक रुपमा पुग्ने बताइएको छ ।

मेलामा  ६४ वटा विभिन्न स्टल राखिने संघका महासचिव मेघनाथ भुर्तेलले बताए । रोजगार मेलामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, सचिव केवलप्रसाद भण्डारी, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेती,युएईका लागी नेपाली राजदुत तेज बहादुर क्षेत्री,एनआरएनए आइसिसिका कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगाना,एनआरएनए युएईका अध्यक्ष बिकास शाही लगायतको उपस्थिति रहने छ । यसकालागि मन्त्री, सचिव लगायत सबै टोली शुक्रबार बेलुकानै दुबई आईपुगीसकेका छन ।

दुवई रोजगार मेलाबाट रोजगारदाता र मेनपावर व्यवसायी बीच सिधा सम्पर्क स्थापना भई बिचौलियाबिनै वैदेशिक रोजगारमा डिमाण्ड पाउन सक्ने र त्यस्ता डिमाण्डमा कामदार पठाउँदा श्रमिकलाई समेत फाइदा हुने विश्वास लिईएको छ । मेलाको माध्यमबाट युएईका रोजगारदाता सामु नेपालबाट युएई मुलुकका लागि जस्तोसुकै पदमा नेपाली कामदार पठाउन नेपाल सक्षम रहेको सन्देश प्रवाह गर्ने व्यवसायीहरुले विश्वास लिएका छन् ।

मेलामा यूएईस्थित रोजगारदाताहरु, युएईका सबै स्टेटका चेम्बर, इन्डियन इन्भेष्टमेन्ट ग्रुप, सबै बिजनेस कम्युनिटी, एचआर एशोसिएसनलगायतको सहभागिता रहने उक्त मेला यूएईस्थित नेपाली दूतावास र बैदेशिक रोजगार बोर्डको सहकार्य हुँदैछ ।रामजी बगाले

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा
२०८३ कार्तिक २७, शुक्रबार
जासुसी विवादपछि एनभिडियाका प्रमुखको राजीनामा
२०८३ कार्तिक २७, शुक्रबार
राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छ: महासचिव पोखरेल
२०८३ कार्तिक २७, शुक्रबार
त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउने योजनासहित मन्त्रालय र विश्वविद्यालयका पदाधिकारीबीच छलफल
२०८३ कार्तिक २७, शुक्रबार
भारतीय राजदूत दलेला र मन्त्री लम्सालबीच पूर्वाधार विकासमा सहकार्यबारे भेटवार्ता
२०८३ कार्तिक २७, शुक्रबार
छठ पर्वमा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
२०८३ कार्तिक २७, शुक्रबार
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन
२०८३ कार्तिक २७, शुक्रबार