असार २८, २०८२ शनिबार July 12, 2025

राष्ट्रिय सभा : एमाले प्रमुख सचेतकमा भगवती न्यौपाने मनोनयन

राष्ट्रियसभामा पार्टीका तर्फबाट प्रमुख सचेतक रहेका भैरवसुन्दर श्रेष्ठको कार्यकाल आज सकिएपछी आजै नियुक्ति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः एमालेले राष्ट्रिय सभामा संसदीय दलको प्रमुख सचेतकमा भगवती न्यौपानेलाई मनोनयन गरेको छ ।

आइतबार एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले न्यौपानेलाई राष्ट्रिय सभाको प्रमुख सचेतकमा मनोनयन गरेका हुन् ।

न्यौपालाई एमालेको संसदीय दलको विधान–२०७७ बमोजिम सोमबार फागुन २१ गतेदेखि लागू हुने गरी प्रमुख सचेतकमा मनोनयन गरेको पार्टी सचिवालयले जनाएको छ ।

राष्ट्रियसभामा पार्टीका तर्फबाट प्रमुख सचेतक रहेका भैरवसुन्दर श्रेष्ठको कार्यकाल आज सकिएकोले न्यौपानेलाई मनोनयन गरिएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया