असार २८, २०८२ शनिबार July 12, 2025

संसद बैठक २४ गतेसम्मका लागि स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । आज बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक २४ गतेसम्मका लागि स्थगित गरिएको छ ।

विशेष परिस्थितिका कारण प्रतिनिधिसभाको आजको बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजे बस्ने गरी सूचना टाँसेर स्थगित गरिएको हो । यसअघिका प्रतिनिधिसभा बैठकमा बालकुमारी घटनामा दोषी देखिएका मन्त्री प्रकाश ज्वालासहित तीन मन्त्रीको राजीनामा माग्दै सांसद्हरूले विरोध जनाएका थिए ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सदनमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ १९ गतेको बैठकमा दिन रुलिङ गरेको भए पनि दाहाल चितवन गए, संसद्‌मा उपस्थित भएनन् । दाहालले यस अघि बालकुमारीमा दुई युवकको हत्या भएको घटनाको प्रतिवेदन अध्ययन गरेर आजकै दिन निर्णय लिने बताएका थिए ।

त्यस पश्चात आजका लागि बोलाइएको बैठकमा सरकारलाई ती  विषयहरूको जवाफ दिन सभामुखले निर्देशन गरेकामा आजको बैठक पनि सत्ता गठबन्धन बदलिँदा विशेष परिस्थितिका कारण भन्दै स्थगित गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया