असार २८, २०८२ शनिबार July 12, 2025

राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरुले लिए शपथ

समारोहमा उपप्रधानमन्धी एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि उपस्थिति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सांसदले शपथ दिएका छन् । सोमबार सङ्घीय संसद् भवनको लहोत्से हलमा आयोजित कार्यक्रममा राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

सो अवसरमा उपाध्यक्ष अर्यालले नयाँ सदस्यहरुलाई सभाको प्रतीक चिह्न लगाइदिनुभयो भने सचिवालयका कर्मचारीले अध्ययन सामग्री वितरण गर्नुभयो । समारोहमा उपप्रधानमन्धी एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको पनि उपस्थिति थियो ।

blog

आइतबार २०७४ फागुनदेखि २०८० फागुनसम्म कायम हुनुभएका २० सांसदको बिदाइ भएको हो । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित २० जना सांसदलाई बिदाइ गरिएको थियो । राष्ट्रिय सभाका कुल ५९ सदस्यको पदावधि ६ वर्षको हुनेछ ।

रिक्त २० जनाको पदमध्ये १९ जना गत माघ ११ गतेको निर्वाचनबाट निर्वाचित भएका हुन् । एक जना भने मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन बाँकी छन् ।

शपथ लिनुहुने नवनिर्वाचित सदस्यहरू

कृष्णप्रसाद सिटौला, रुकामणि कोइराला, आनन्दप्रसाद ढुङ्गाना, पूजा चौधरी, विष्णुकुमारी पुडासैनी, जितजंग बस्नेत, श्रीकृष्ण अधिकारी, घनश्याम रिजाल, पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, मनरुपा शर्मा, विष्णुकुमारी सापकोटा, झक्कु सुवेदी, कृष्णबहादुर रोकाया, सावित्री मल्ल, विष्णुबहादुर विश्वकर्मा, बलदेव बोहरा, नारायणदत्त भट्ट र रेणु चन्द हुनुहुन्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया