चितवन । चितवनमा फोक्सोको क्यान्सरका ७४ वर्षका वृद्ध पनि कोरोना संक्रमण निको भएर घर फर्किएका छन् । उनी शुक्रबार भरतपुर अस्पतालको आइसोलेसनबाट डिस्चार्ज भएका हुन् ।
भरतपुर महानगरपालिका– ६ का वृद्धको उपचारमा संलग्न भरतपुर अस्पतालका फिजिसियन डा. प्रमोद पौडेलले ७४ बर्षका फोक्सोको क्यान्सरबाट पीडित वृद्ध कोरोना संक्रमणबाट निको भएको बताएका छन ।
उनले भने, ‘एकातिर वृद्ध उमेर, त्यसमाथि फोक्सोको क्यान्सर र केमोथेरापी अर्कोतिर कोरोना भाइरसको संक्रमण यो त अति जोमिखयुक्त अवस्था थियो, तर हामीले उहाँलाई संक्रमणमुक्त बनाएर जोगाउन सक्यौं ।’
फोक्सोको क्यान्सरको उपचारका लागि छोरासँग भारत गएका वृद्धमा गत जेठ ९ गते कोरोना संक्रमण देखिएको थियो ।
उनकी ७३ बर्षकी श्रीमतीमा पनि कोरोना संक्रमण देखिएको थियो । उनले श्रीमतीसँगै झण्डै १ महिना भरतपुर अस्पतालमा बसेर उपचार गराएका थिए । श्रीमान श्रीमती दुबैजना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका अस्पतालका चिकित्सक डा. पौडेलले बताएका छन ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया