असार २८, २०८२ शनिबार July 12, 2025

राष्ट्रिय सभा बैठक बस्दै (कार्यसूची)

राष्ट्रिय सभाको अध्यक्ष पदको निर्वाचनको ‍दिन तोक्ने कार्यसू

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : राष्ट्रिय सभाको बैठक आज बस्दै छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बैठक दिउँसो १ः०९ बजे बस्ने आजको बैठकमा राष्ट्रिय सभाको अध्यक्ष पदको निर्वाचनको ‍दिन तोक्ने कार्यसूची छ।

अध्यक्षको पदपूर्ति नहुन्जेलसम्मका लागि उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको नाम मनोननयन गर्ने कार्यसूची पनि आजको बैठकका लागि तय गरिएको छ।

बैठकमा विषयगत समितिमा रहने सदस्यहरूको नाम हेरफेर तथा मनोनयनका लागि प्रस्ताव गर्ने कार्यसूची तोकिएको छ। ‍त्यस्तै आगामी आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने कार्यसूची पनि रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया