असार २४, २०८२ मंगलबार July 8, 2025

वैदेशिक रोजगारमा जानेहरुलाई श्रम मन्त्रालयको सिफारिसमा जान दिने सरकारको निर्णय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौः विश्व महामारी (कोभिड-१९) कोरोना भाइरसको कारण गत चैत्र ११ गतेदेखी लकडाउन लागु भएसँग बन्द गरिएको वैदेशिक रोजगारी पुनः खुला हुने भएको छ । सरकारले बिदामा आएका वा वैदेशिक रोजगारमा जानेहरुलाई श्रम मन्त्रालयको सिफारिसमा जान दिने निर्णय गरेको छ । शुक्रबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकले यस्तो निर्णय गरेको हो 

यस्तै विदेश पढ्न जाने विद्यार्थीलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको सिफारिसमा जान दिने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । वैदेशिक रोजगारीमा जानेलाई श्रम मन्त्रलायले अनुमति दिनेछ 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अुनसार श्रम तथा रोजगार मन्त्रालयको सिफारिसमा वैदेशिक रोजगारीमा जान दिने निर्णय गरेको जानकारी दिए । उनका अनुसार विद्यार्थीहरुको हकमा शिक्षा मन्त्रालयको सिफारिसमा जान पाइनेछ ।

सीसीएमसीको बैठकले कूटनीतिक नियोगमा काम गरेर फर्केका र बाहिर जानु पर्नेलाई पनि जान दिने निर्णय गरेको छ । रोजगार दाता कम्पनी र रोजगारी गरिरहेको देशले खर्च नबेहोरेका र आफ्नै खर्चमा फर्किन नसक्ने नेपालीलाई ल्याउने गाइड लाइन पनि बनाउने तयारी सरकारले थालेको छ । यसको जिम्मा श्रम मन्त्रालयलाई दिइएको छ । विदेशबाट ल्याइएका शव व्यवस्थापनको गाइडलाइन तयार पार्ने जिम्मा पनि श्रम मन्त्रालयलाई दिइएको छ ।

नयाँ स्वास्थ्य सामाग्री आपूर्तिको व्यवस्था सम्बन्धी कार्ययोजना स्वास्थ्य मान्त्रालयले बनाउने पनि बैठकले निर्णय गरेको छ । बैठकले देशैभरी क्वारेन्टाइन सुधार गर्ने र यसको अनुमगन र निरीक्षण प्रदेश सरकारले गर्ने, क्वारेन्टाइनमा बसेको दुई हप्तामा सबैको परीक्षण सकाउने व्यवस्था गर्ने, थप आइसोलेसनका लागि प्रदेश सरकारलाई आग्रह गर्ने र प्रयोगशाला क्षमता बढाउने पनि निर्णय गरेको छ । सरकारले आइसोलेसन निर्माणका लागि प्रदेशमार्फत पालिकाहरुलाई ३५ करोड विनियोजन गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार