श्रावण ५, २०८२ सोमबार July 21, 2025

स्थानीय र बम्जनका अनुयायीबीच द्वन्द्व बढ्दै

आवतजावतमा अवरोध गर्दै तपस्वी बम्जनका अनुयायीहरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः तपस्वी रामबहादुर बम्जनका अनुयायीहरुले स्थानीयलाई बाटोमा हिडडुल गर्न र वनमा घाँस दाउरा गर्न जान समेत रोक लगाउँदै आएको बताईएको छ ।

कमलामाई नगरपालिका वडा नं. ५ को पहिरेमा रहेको बम्जनको आश्रम नजिकबाट हिडडुल गर्न र वनमा घाँसदाउरा काट्न, घाटमा मलामी जान रोक लगाउँदै आएको स्थानीयले बताएका छन ।

मंगलबार कनपा ५ का वडाध्यक्ष पूर्णबहादुर खड्कालाई अँधेरी खोलामा बन्दै गरेको कल्भर्ट अनुगमनमा जाँदा अनुयायीहरुको दुव्र्यवहारमा परेपछि यो कुरा सार्वजनिक भएको हो ।

अनुगमनमा परिचय दिँदा समेत जान नदिएपछि खड्का र स्थानीय सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी तथा उपभोक्ताहरुले सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गरि स्थानीयलाई धाकधम्कि दिने, हिडडुल गर्न रोक लगाउने, वनमा घाँस दाउरा गर्न जान समेत नदिने गरेको सार्वजनिक भएको हो ।

मैत्री मंगलमका अनुयायीहरुले हिड्डुल गर्न अनुमति नभएको र बाटोमा हिड्न दिन मिल्दैन भन्दै आफुलाई अनुगमनमा जान समेत रोक लगाएको वडाअध्यक्ष पूर्णबहादुर खड्काले बताए ।

उनले भने, ‘कपाल पालेका, निलो ड्रेस लगाएका व्यक्तिहरुले आफुलाई अनुगमन गर्न जान दिएनन् ।’ म वडाअध्यक्ष हुँ, अनुगमनमा जान लागेको भनेर परिचय दिँदा समेत नदिएको बताउँदै खड्काले नागरिकले धेरै दुःख पाएको बताए ।

पत्रकार सम्मेलनमा बोल्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपाल सिन्धुलीका अध्यक्ष एवम् सरस्वती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष हितलाल श्रेष्ठले तपस्वी बम्जनको पहिरे क्षेत्रमा चारवटा सामुदायीक वन उपभोक्ता समूहका उपभोक्ताहरु प्रमाभवित भएको बताए ।

उनका अनुसार दक्षिणकाली सामुदायिक वन, चनदेवी सामुदायिक वन, सिद्धठाकुर सामुदायिक वन र सरस्वती वन उपभोक्ता समूहका उपभोक्तालाई समस्या परेको बताए । उनका अनुसार बेसारे, धापसार लगाएतका गाउँका नागरिकले हिडडुल गर्न समेत नपाएको बताए । यस्तै कुलोखोलाको मसानघाटमा लास लिएर जाँदा समेत मैत्री मंगलमका टोलीले अवरोध गर्दै आएको उनले बताएका छन ।

कुलोखोला देखि तीन दोभानसम्मको अँधेरी खोला क्षेत्रको तीन किलोमिटर बाटोमा मैत्री मंगलमका अनुयायीहरुले अवरोध गरिरहेको उनले बताए । श्रेष्ठले सामुदायिक वनका उपभोक्ताहरुले वनको संरक्षण र उपयोग गर्न समेत नपाएको बताए । डर, धम्कि र त्रासमा स्थानीयहरु रहेको भन्दै भएबाट मुक्ति पाउनुपर्ने बताए ।

दक्षिणकाली सामुदायिक वन उपभोक्ता समूहका सदस्य मैना श्रेष्ठले वनमा घाँस काट्न नदिने, कराउने, जे पनि गर्न सक्छौं भन्ने, फोटो खिचेर राख्ने लगाएतका गतिविधि गरेको बताईन । उनले दुई दिन अघि अन्तिम पटक सम्झाउँछौं, मानेनौ भने जे पनि गर्छौं भनेर धम्काएको बताईन ।

दक्षिणकाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष इन्द्र बहादुर श्रेष्ठले स्थानीय र बम्जनका अनुयायीबीच द्वन्द्वको अवस्था सृजना भएको बताए । उनले विगतमा पनि स्थानीयहरुसँग पटक पटक झडप भएको र फेरी पनि झडपको अवस्था आएको बताए । राजधानीबाट 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया