कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

सत्ता गठबन्धन दलहरुले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्ने

गठबन्धनको नीति तथा कार्यक्रममा मुलुकमा तत्काल गर्नुपर्ने, अल्पकालीन र दीर्घकालमा गरिने कार्यक्रमको योजना हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः सत्ता गठबन्धन दलहरुले आफ्नो साझा नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न गठबन्धनको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने तयारी भएको हो । गठबन्धनका पाँच दलका शीर्ष नेता सहभागि भएर कार्यक्रम सार्वजनिक गरिने छ ।

गठबन्धनको नीति तथा कार्यक्रममा मुलुकमा तत्काल गर्नुपर्ने, अल्पकालीन र दीर्घकालमा गरिने कार्यक्रमको योजना हुने छ ।

सत्ता गठबन्धन परिवर्तन भएसँगै नीति तथा कार्यक्रम बनाउन १० सदस्यीय कार्यदल भएको थियो । गठबन्धनका ५ दलबाट १० सदस्यीय संयन्त्र निर्माण गरेको हो ।

कार्यदलमा एमालेबाट विष्णुप्रसाद पौडेल, विष्णु रिमाल, माओवादी केन्द्रबाट अर्थमन्त्री एवं उपमहासचिव वर्षमान पुन, अर्का उपमहासचिव जनार्दन शर्मा छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र महामन्त्री डा. मुकुल ढकाल छन् ।

यसैगरी जसपाबाट राजेन्द्र श्रेष्ठ र मनिस सुमन तथा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल कार्यदलमा छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा
२०८३ कार्तिक २७, शुक्रबार
जासुसी विवादपछि एनभिडियाका प्रमुखको राजीनामा
२०८३ कार्तिक २७, शुक्रबार
राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छ: महासचिव पोखरेल
२०८३ कार्तिक २७, शुक्रबार
त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउने योजनासहित मन्त्रालय र विश्वविद्यालयका पदाधिकारीबीच छलफल
२०८३ कार्तिक २७, शुक्रबार
भारतीय राजदूत दलेला र मन्त्री लम्सालबीच पूर्वाधार विकासमा सहकार्यबारे भेटवार्ता
२०८३ कार्तिक २७, शुक्रबार
छठ पर्वमा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
२०८३ कार्तिक २७, शुक्रबार
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन
२०८३ कार्तिक २७, शुक्रबार