कार्तिक २७, २०८३ शुक्रबार November 13, 2026

विश्वमञ्चमा नेपालीले उल्लेखनीय प्रगति गरेका छन् : प्रधानमन्त्री दाहाल

नेपालको समग्र राष्ट्र हित र नेपालको विकासमा सुवेदीको नलेजले धेरै ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रा.सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म’ पुस्तक लोकार्पण गरेका छन् ।

उक्त कार्यक्रममा प्रधानमन्त्री दाहालले प्राडा सुवेदीले नेपालको संविधान निर्माण, नेपालले विगतमा विश्वका विभिन्न मुलुकहरूसँग गरिएका सन्धि सम्झौताहरूको पुनरावलोकन र एमसीसी परियोजनामा देखाएको कुशलता र विज्ञताको स्मरण गरे ।

‘प्राडा सूर्य सुवेदीले नेपालको संविधान निर्माण, नेपालले विगतमा विश्वका विभिन्न मुलुकहरूसँग गरिएका सन्धि सम्झौताहरूको पुनरावलोकनबारे मैंले सहयोग मागेको थिए । उहाँले त्यसमा निकै राम्रो सहयोग गर्नुभयो । पछिल्लो एमसीसी सम्झौतामा पनि उहाँले मध्यमार्गी विकल्प दिनुभयो र हामीले व्याख्यात्मक घोषणापत्र नै लागू गर्यौं । त्यसले हाम्रो स्वतन्त्रा, सार्वभौमिकता, वैधानिकता पनि कायम रह्यो र सम्झौता कार्यान्वयनको प्रकृयामा लैनान सहज वातावरण बन्यो ।’

दाहालले नेपालको समग्र राष्ट्र हित र नेपालको विकासमा सुवेदीको नलेजले धेरै ठूलो सहयोग पुर्याउने विश्वास व्यक्त गरे । दाहालले नेतृत्वमा हुँदा सुवेदीबाट पटकपटक लिएको सल्लाह, सुझाव र सहयोगलाई दाहालले कार्यान्वयन गर्ने गरेको उल्लेख गर्दै सुवेदीको ज्ञान र लोकतान्त्रिक प्रतिबद्धताप्रति प्रश्न उठाउनु वा शंका गर्नु अन्याय हुने बताए ।

‘कतिपयले उहाँ (सुवेदी) को पोलिटिकल कमिटमेन्ट अन्तै छ । उहाँ डेमोक्रेटिक व्यक्ति होइन भन्ने गर्दा रहेछन् । त्यसलाई मैंले अस्वीकार गर्ने गरेको छु । मेरो आफ्नै अनुभवले उहाँको लोकतान्त्रिक आउटलुक र लोकतन्त्रप्रतिको कमिटमेन्टको बारेमा कुनै शंका गर्नु छैन । राष्ट्रिय राजनीतिको नेतृत्वले चाह्यो भने राष्ट्रहितका निम्ती उहाँ जसलाई पनि सहयोग गर्न तत्पर हुनुहुन्छ । त्यसैको आधारमा भन्दैछु उहाँको लोकतन्त्रप्रतिको विश्वसनियता र कमिटमेन्टप्रति प्रश्न उठाउनु उहाँप्रति न्याय हुँदैन भनेर मैंले आफैंले डिवेट गर्ने गरेको छु,’ दाहालले भने ।

दाहालले विदेशमा पुगेर नेपालीहरुले आ–आफ्नो क्षेत्रमा राम्रो काम गरेको चर्चा गर्दै त्यसको एउटा उदाहरणको रुपमा सुवेदी रहेको बताए ।

‘विश्वव्यापीकरणसँगै विश्वका विभिन्न मुलुकमा नेपालीहरू जाने गरेका छन् । त्यहाँ गएकामध्ये कैयौं नेपालीहरूले राम्रो प्रगति पनि गरेका छन् । त्यसको उदाहरण डा. सूर्य सुवेदी पनि हो ।’

पुस्तकमा सुवेदले कानून क्षेत्र र व्यक्तिगत जिवनमा भोगेका उत्तारचढाव र सफलताको मार्गमा अगाडि बढ्दा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यक्तिले कस्तो सकस व्यहोर्नुपर्छ भन्ने जीवन भोगाइका वृत्तान्त समेटिएको छ ।

कार्यक्रममा प्राडा सुवेदीले पुस्तकमा नेपालको लोकतान्त्रिक आन्दोलन, कम्बोडियाको शान्ति प्रक्रिया र अन्तर्राष्ट्रिय कानुनका विषयमा पुस्तकको सारसंक्षेपबारे विवरण उल्लेख गरेको बताए । सुवेदीको उक्त पुस्तकलाई अग्रज पत्रकार भगीरथ योगी र युवा पत्रकार नविन पोखरेलले सम्पादन गरेका छन् ।

सुवेदीको पुस्तकबारे पूर्व उप–सभामुख पुष्पा भुसाल गौतमले नेपाल र नेपालीको हितको लागि अन्तर्राष्ट्रिय जगतमा सुवेदीले नेपाल र नेपालीको नाम राखेको उल्लेख गर्दै उनलाई सरकारले सम्मान गर्नुपर्ने धारणा राखिन । उनले युवाका लागि समेत पुस्तक प्रेरक बन्ने बताइन । कार्यक्रममा पूर्वमन्त्री अग्नि खरेलले प्राडा सुवेदीको ज्ञानबाट नेपालले लाभ लिनुपर्ने बताए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौं गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिम रोयल्स प्लेअफमा
२०८३ कार्तिक २७, शुक्रबार
जासुसी विवादपछि एनभिडियाका प्रमुखको राजीनामा
२०८३ कार्तिक २७, शुक्रबार
राष्ट्रिय भेलामा स्थानीय तह निर्वाचनलाई केन्द्रमा राखेर छलफल हुन्छ: महासचिव पोखरेल
२०८३ कार्तिक २७, शुक्रबार
त्रिविलाई उत्कृष्टताको केन्द्र बनाउने योजनासहित मन्त्रालय र विश्वविद्यालयका पदाधिकारीबीच छलफल
२०८३ कार्तिक २७, शुक्रबार
भारतीय राजदूत दलेला र मन्त्री लम्सालबीच पूर्वाधार विकासमा सहकार्यबारे भेटवार्ता
२०८३ कार्तिक २७, शुक्रबार
छठ पर्वमा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
२०८३ कार्तिक २७, शुक्रबार
भीमफेदी सवारी दुर्घटना छानबिन गर्न पाँच सदस्यीय समिति गठन
२०८३ कार्तिक २७, शुक्रबार