श्रावण ५, २०८२ सोमबार July 21, 2025

मनाङेले त्यागे एकीकृत समाजवादी

चुनाव जितेको दुई साता नबित्दै १९ मंसिरमा उनी एकीकृत समाजवादी प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः गुण्डागर्दी पृष्ठभूमिबाट राजनीति छिरेका दीपक मनाङे बेलाबेलामा चर्चामा आइरहने पात्र हुन् । उनलाई पार्टी वा सरकारमा प्रवेश तथा त्याग सामान्य लाग्छ ।

केन्द्रमा सत्ता समीकरण फेरबदलका कारण गण्डकी प्रदेशमा पनि सरकार टिकाउने र गिराउने खेल चलिरहँदा नेकपा (एकीकृत समाजवादी) का यी सांसदले दल त्याग गरेको घोषणा गरेका छन् । उनी अन्ततः पहिले स्वतन्त्र सांसदकै रुपमा फर्किएको बताएका छन् ।

माधव नेपाल नेतृत्वको दल एकीकृत समाजवादी त्याग गरेको पत्र उनले आइतबार गण्डकी प्रदेश सभाका सचिव हरिराज पोखरेलसमक्ष बुझाएका हुन् । गत वर्ष ४ मंसिरको प्रदेशसभाको चुनावमा उनी मनाङबाट स्वतन्त्र हैशियतमा चुनाव जितेका थिए । चुनाव जितेको दुई साता नबित्दै १९ मंसिरमा उनी एकीकृत समाजवादी प्रवेश गरेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस लगायत दलको सत्तासमीकरण फेरेर एमाले, राजस्पा लगायत दलसँग गठबन्धन गरेपछि गण्डकी प्रदेशमा पनि कांग्रेस नेतृत्वको सुरेन्द्रराज पाण्डेको सरकार हल्लिएको छ । मुख्यमन्त्री पाण्डेले मंसिर २२ मा माओवादीका दुई जना मन्त्रीलाई बर्खास्त गरेका थिए । बर्खास्तीको भोलिपल्ट माओवादीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले सरकार टिकाइराख्न विश्वासको मत लिनुपर्नेछ ।

तर ६० सदस्यीय गण्डकी प्रदेश सभामा कांग्रेस सबैभन्दा ठूलो दल भए पनि उसको बहुमत पुग्दैन । उसको २७ सिट मात्र छ । उता, नयाँ गठबन्धनका दलहरु एमालेको २२ र माओवादीको ८ सिट जोड्दा बहुमत पुग्दैन । यहाँ बहुमतका लागि ३१ सदस्य चाहिन्छ । अर्को दल राप्रपाको २ मात्र सिट छ । नयाँ सरकार गठनमा राप्रपा यहाँ निर्णायक हो ।

तर उसले तत्काल कुनै पनि दललाई समर्थन नगर्ने अडानमा छ । राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङले यही व्यवस्थामा आफूहरु सरकारमा नजाने बताउँछन् । गण्डकी प्रदेश सभाको राजनीति अन्योलमा रहँदा मनाङेको दल त्याग निर्णयले रोचक मोड बनेको छ । मनाङेले गण्डकी प्रदेशमा अप्ठेरो परिस्थिति सिर्जना भएको र मध्यावधिमा जान सक्ने सम्भावना भएकोले त्यसतर्फ आफू सचेत रहेको बताएका छन् ।

आफू कुनै पनि हालतमा मध्यावधिको पक्षमा नरहेको उनले बताए । २०७४ सालको चुनावमा पनि स्वतन्त्र सांसदको रुपमा मनाङबाट निर्वाचित उनी यसअघि मन्त्रीको प्रलोभनमा पटक पटक सत्तामा गएका थिए । उनी प्रदेशको ३ पल्टसम्म मन्त्री बनिसकेका छन् । यसपालि फेरि कांग्रेसले उनीसहित राप्रपालाई फकाएर सरकार टिकाउने दाउमा रहेको स्रोतले जनाएको छ ।

यसैबीच, आइतबारमात्रै गण्डकी प्रदेशका नवनियुक्ति प्रदेश प्रमुख डिल्लीराज भट्टले पदभार ग्रहण गरेका छन् । एमाले निकट उनी गण्डकीको पाँचौं प्रदेश प्रमुख हुन् । राजधानीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्नी देओलको ‘हनुमान लुक’ सार्बजनिक !!!
२०८२ श्रावण ५, सोमबार
पार्टीमा अहिलेसम्म १ लाख ३९ हजार नयाँ सदस्य थपिएका छन्ः एमाले
२०८२ श्रावण ५, सोमबार
अब विजुली खेर जाने दिन सकियो, निजी क्षेत्रको सहभागिता स्वागतयोग्यः ऊर्जामन्त्री खड्का
२०८२ श्रावण ५, सोमबार
रसुवा गढी बाढी पछिको पुनर्निर्माणमा सघाउने चिनीयाँ प्रतिबद्धता
२०८२ श्रावण ५, सोमबार
नेतान्याहु अचानक परे बिमारी, अब घरवाटै चलाउने छन् कार्यालय
२०८२ श्रावण ५, सोमबार
बंगलादेशमा वायु सेनाको विमान दुर्घटना
२०८२ श्रावण ५, सोमबार
जापानी प्रधानमन्त्री तल्लो र माथिल्लो सदन दुवैबाट अल्पमतमा
२०८२ श्रावण ५, सोमबार