असार २४, २०८२ मंगलबार July 8, 2025

भारत र चीनबीचको तनावलाई शान्तिपूर्ण माध्यमबाट सुल्झाउ- परराष्ट्र मन्त्रालय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: नेपालले लद्दाखस्थित गलवान उपत्यकामा २० सैनिक मारिने गरी भएको चीन-भारत हिंसाबारे पहिलो पटक आफ्नो धारणा सार्वजनिक गरेको छ। शनिबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै लद्दाखस्थित गलवान उपत्यकामा भएको हिंसापछि दुई निकट छिमेकी चीन-भारतबीच उत्पन्‍न तनावलाई शान्तिपूर्ण माध्यमबाट सुल्झाउन नेपालले आग्रह गरेको हो।

नेपालले गलवान उपत्यकामा करिब ५५ वर्षपछि भएको रक्तपातपूर्ण झडपपछिको अवस्थालाई नजिकबाट नियालिरहेको जनाउँदै दुवै देश अहिलेका समस्या समाधानमा सक्षम रहेको पनि जनाएको छ। ‘हाम्रा दुई छिमेकी भारत र चीनबीचको तनावलाई शान्तिपूर्ण माध्यमबाट सुल्झाउनु पर्छ’, परराष्ट्र मन्त्रालयले भनेको छ, ‘गलवान क्षेत्रमा उब्जिएका समस्या समाधान गर्न दुवै छिमेकी सक्षम छन्।’

नेपालले असल छिमेकीको भावना देखाएर चीन र भारत अगाडि बढ्नुपर्ने बताएको छ। ‘असल छिमेकीको भावनाका आधारमा आपसी मतभेदलाई द्विपक्षीय, क्षेत्रीय र विश्व शान्तिको पक्षमा शान्तिपूर्ण माध्यमबाट अहिलेको विवाद समाधान गर्नेछन्’, परराष्ट्रले भनेको छ, ‘नेपाल सधैँ क्षेत्रीय र विश्व शान्तिको पक्षमा छ। दुवै छिमेकीले अहिलेको समस्या पनि शान्तिकै माध्यमबाट समाधान गर्ने विश्‍वास लिएका छौं।’

गत असार १ गते राति लद्दाखस्थित भारत-चीन सीमा क्षेत्रको गलवान उपत्यका दुई देशका सेनाबीच भएको हिंसक झडपमा भारतीय सेनाका एकजना कर्नेलसहित २० जना मारिएका थिए। त्यसक्रममा चिनियाँ सेनाले भारतीय सेनाका दुई अधिकृतसहित १० जनालाई नियन्त्रणमा लिएको थियो। यो घटनापछि दुई देशबीच तिक्तता चुलिएको छ। भारतमा चिनियाँ सामान बहिष्कार अभियान चलिरहेको छ। अर्कातिर चीनले भने भारतकै कारण यो घटना हुन पुगेको दाबी गरिरहेको छ।

यसैबिच चिनियांँ विदेश मन्त्रालयले शुक्रवार सांँझ आफ्नो वेभसाइटमा एक प्रेस नोट जारी गर्दै गलवान घांटी वास्तविक नियन्त्रण रेखाको चीनको क्षेत्रभित्र पर्ने दावी गरेको थियो । भारत र चीनबीच सीमामा लामो समयदेखि तनाव हुँदै आएको छ। तर धेरैपछि सैनिकको मृत्यु हुनेगरी झड्प भएको हो। दुई देशबीच सन् १९६२ मा युद्ध भएको थियो। त्यसमा भारत नराम्ररी पराजित भएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
यु–२० महिला साफ च्याम्पियनसिप फुटबल टोलीको बिदाइ
२०८२ असार २४, मंगलबार
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार