असार २९, २०८२ आइतबार July 13, 2025

नाता फेरेर भारतीयलाई नागरिकता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः २०६३ सालमा गाउँ-गाउँमा नागरिकता बाँड्ने टोली परिचालन पुग्यो। नागरिकता लिन मानिसको ताँती नै लाग्यो। कोही देशबाट घर फर्किए भने कोही विदेशबाट। भीडमा पसेर नेपालीले मात्रै होइन्, भारतीय नागरिकले पनि नेपाली नागरिकताको प्रमाणपत्र लिए। यस्तै भीडमा पस्नेमध्ये थिए, एक सीतामढी मनपौरका एक भारतीय नागरिक। जसले स्थानीय राजनीतिक दललाई मासुरक्सीको भोज खुवाएर नेपाली नागरिकता हात पारेका थिए।

महोत्तरीको तत्कालीन गाविस बिजलपुरा-४ बस्ने अकुवान टोलका ती भारतीय नागरिकको ज्वाँई थिए। ती ज्वाँइलाई नागरिकता दिन राजनीतिक दलका प्रतिनिधि साँक्षी बसे भने, नेपालमा रहका भारतीयका नातागोताले सनाखत गरे। भारतीयलाई नेपाली नागरिक बनाउन आफ्नै छोरा, नाती, काका बनाएर सिफारिस गरेका थुपै्र उदाहरण छन्।

नेपाली चेलीसँग विवाह गरेका ती भारती युवक २०५८ साल तिरबाट ससुराली गाउँमा बस्न थाले। नेपाली चेलीले पहिलो सन्तान छोरी आफ्नै भारतस्थित आफ्नै ससुरालीमा जन्माएकी थिइन्। लामो समयसम्म अर्को सन्तान नजन्मिएपछि श्रीमति लिएर ती भारतीय छोरो पाउने सपना बोकेर बिजलपुरास्थित ससुराली आएका थिए। बिजलपुरा-२ चल्कीस्थित रामजानकी गुठ्ठीको जग्गामा घर बनाएर बस्न थाले। ती भारतीय युवकले परिवार चलाउन कहिले खाजा पसल चलाए भने कहिले मजदुरी गरे।

२०६३ सालमा नागरिकता टोली पुग्दासम्म उनी गाउँभरि नै चिरपरिचित भइसकेका थिए। उनले नेपाली नागरिक बन्न फर्म भरे। ‘भोज खुवाउनु पर्छ, अनि नागरिकता बन्छ’ भन्दै राजनीतिक दलका एक नेताले भारतीयलाई भने। भारतीयले भोज खुवाउने शर्त पूरा गरेपछि कर्मचारी र दलका प्रतिनिधिसँग ती नेताले सेटिङ्ग मिलाए। अनि फर्ममा स्थानीय तत्कालीन सात दलका प्रतिनिधिले ‘भारतीय युवक नेपालमै जन्मिको’ सहरजमिन कागजमा गरिदिएको आजको अन्नपूर्ण पोस्ट्ले खवर छापेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार