श्रावण ५, २०८२ सोमबार July 21, 2025

अवैधानिक रूपमा बसेका नेपालीलाई स्वदेश फर्काउन पहल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कुवेतमा अवैधानिक रूपमा रहेका नेपालीलाई नेपाल फर्काउन गैरआवासीय नेपाली संघ (एनआरएनए)ले पहल सुरु गरेको छ ।

नेपालका लागि अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) प्रमुख हेलेन फोर्ससँग भेटेर संघका अध्यक्ष डा. बद्री केसीले पैसाको अभावमा नेपाल फर्कन नपाएका नेपालीको उद्धारका लागि सहयोग र सहकार्य गर्न आग्रह गरेका हुन् ।

एनआरएनएको सचिवालयमा आमन्त्रण गरी आईओएम प्रमुख फोर्सलाई संघका तर्फबाट सो आग्रह गरिएको हो । अध्यक्ष डा. केसीले भने, ‘कुवेतमा रहेका कामदार जसले एम्नेस्टी प्राप्त गरे तापनि टिकेट काट्ने पैसा नहुनेलाई कसरी नेपाल ल्याउन सकिन्छ, तर त्यसमा यहाँहरूको सहयोग महत्वपूर्ण हुनसक्छ ।’

हाल कुवेतमा रहेका नेपाली श्रमिक, जसले कुवेत सरकारको रेसिडेन्ट कानुन उल्लंघन गरेका छन्, उनीहरूका लागि १७ मार्च २०२४ देखि १७ जुन २०२४ सम्मको अवधिमा कुनै जरिमाना नतिरीकन आवश्यक प्रक्रिया पु-याएर आफ्नो मुलुक फर्कनसक्ने प्रावधान छ । यस सम्बन्धमा सरकारसँग पनि अनुरोध गरिएको उनले बताए ।

हाल कुवेतस्थित नेपाली दूतावासमा गएर आवश्यक ट्राभल डकुमेन्टसमेत तयार गरे पनि २ सयभन्दा बढी नेपाली श्रमिक घर फिर्तीका लागि हवाई टिकट तिर्न नसक्ने अवस्थामा रहेका छन् ।

मुस्लिमहरूको महान् चाड रमजानको अवसर पारेर ४ वर्षपछि कुवेत सरकारले कुवेतमा कार्यरत अवैधानिक आप्रवासी कामदारलाई स्वदेश फर्कन अनुमति दिएको हो । जवाफमा आईओएम प्रमुख फोर्सले आफूहरूले पनि आप्रवासी कामदारका लागि काम गर्दै आएको स्मरण गराउँदै संघका तर्फबाट गरिएको आग्रहलाई सकारात्मक रूपमा लिएको र छिट्टै योजना बनाएर अघि बढ्नसक्ने बताए ।

भेटमा संघले गर्दै आएका मुख्य गतिविधिका बारेमा पनि छलफल भएको थियो । सोही क्रममा अध्यक्ष डा. केसीले संघले आगामी २९ र ३० जुनमा हुने पहिलो गैरआवासीय नेपाली महिला सम्मेलनमा संघ तथा आईओएमले सहकार्य गरी अघि बढ्न प्रस्ताव गरे ।

आईओएम प्रमुख फोर्सले डा. केसीको प्रस्तावमा आफू सकारात्मक रहेको बताए । राजधानीबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार