असार २९, २०८२ आइतबार July 13, 2025

७ वर्षपछि अंगीकृत नागरिकता दिने निर्णयको राष्ट्रिय जनमोर्चाद्वारा स्वागत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय जनमोर्चाले नेपाली पुरुषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि अंगीकृत नागरिकता दिने राज्य व्यवस्था समितिको निर्णयको स्वागत गरेको छ । सोमबार विज्ञप्ति जारी गर्दै राजमोले यो प्रस्ताव अब संसदबाट पनि पारित हुनुपर्ने बताएको छ ।

आइतबार प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले नागरिकतासम्बन्धी विधेयकमा नेपाली नागरिक पुरुषसँग विवाह गरी आउने विदेशी महिलालाई ७ वर्षपछि मात्र नागरिकता दिने व्यवस्थामा बहुमतबाट सहमति जुटाएको छ ।

उक्त विषयमा नेपाली कांग्रेस, मधेस केन्द्रित जनता समाजवादी पार्टी (समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी), नेपाल मजदुर किसान पार्टी र नेकपाकै मधेसबाट प्रतिनिधित्व गर्ने केही सांसदले विरोध जनाइरहेका बेला राष्ट्रिय जनमोर्चाले भने स्वागत गरेको हो ।

७ वर्षपछि पनि विदेशी महिलाले आफ्नो पहिलेको देशको नागरिकता हटाउन प्रक्रिया सुरु गर्नेवित्तिकै नागरिकता दिन नहुने भन्दै त्यागिसकेपछि मात्र दिनुपर्ने राष्ट्रिय जनमोर्चाले बताएको छ ।

अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गरी नेपाली महिलासँग विवाह गर्ने विदेशी पुरुषलाई भने नागरिकता दिन नहुने बताएका छन् ।

‘हाम्रो जोड यो कुरामा छ कि नेपालजस्तो तीनतिर खुला सीमा भएको भू–परिवेष्ठित देशले नागरिकतासम्बन्धी नीतिलाई एकदम कडा गराउनुपर्ने आवश्यकता छ’ विज्ञप्तिमा भनिएको छ ।

नागरिकता नीति खुकुलो पार्नु भनेको देशको राष्ट्रियता र सार्वभौमिकताविरुद्ध हुने पनि राष्ट्रिय जनमोर्चाले बताएको छ ।

राजमोले अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोधमा असार ९ गते विभिन्न ११ दलको तर्फबाट सडक प्रदर्शन गर्ने पनि बताएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रूपन्देही ३ उपनिर्वाचन : मतदाता नामावली अद्यावधिक तालिका सार्वजनिक
२०८२ असार २९, आइतबार
विपक्षीले वाइसिएल प्रयोग गरेर स्पेन भ्रमणमा मान्छे छाडेर आयो भन्ने दुस्प्रचार गरे : अध्यक्ष ओली
२०८२ असार २९, आइतबार
रसुवा बाढीपीडितको राहत, उद्धार र पुनःस्थापनामा सांसद आचार्यको जोड
२०८२ असार २९, आइतबार
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
नेप्से परिसूचकमा ३१ अङ्कको सुधार
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार