असार २९, २०८२ आइतबार July 13, 2025

पाल्पामा एकैदिन ८२ जनामा कोरोना संक्रमण पुष्टि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बुटवल । पाल्पामा एकैदिन ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको पूर्वखोला गाउँपालिकाको क्वारेन्टिनमा रहेका ८० जनामा र माथागढी गाउँपालिकाका २ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सोमबार ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालका निमित्त प्रमुख विश्वराज न्यौपानेले बताएका छन ।

१३९ जनाको स्वाबको पीसीआर परीक्षण गर्दा ८० जनामा पोजेटिभ देखिएको पूर्वखोला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मोहन ढकालले बताएका छन । २८३ जनाको स्वाब संकलन गरी पठाइएकोमा १४४ जनाको रिपोर्ट आउन बाँकी छ ।

संक्रमित पुष्टि भएका सबै जना तीन हप्ताअघि भारतबाट आएर गाउँपालिकाले निर्माण गरेको गणपति, जनउज्वल र अकला विद्यालयको क्वारेन्टिनमा बस्दै आएका व्यक्तिहरु हुन् ।

एकैपटक धेरै जनमा कोरोना संक्रमण देखिएपछि उनीहरुलाई कहाँ राख्ने भन्ने समस्या भएको गाउँपालिकाले जनाएको छ ।

यससँगै पाल्पामा हालसम्म कोरोना संक्रमितको संख्या १७६ पुगेको छ । पाल्पामा तानसेन नगरपालिकामा बाहेक सबै गाउँपालिकामा कोरोना संक्रमित देखिएका छन् । यसअघि पालपाका रम्भा गाउँपालिकामा १६ जना, बगनासकाली गाउँपालिकामा १७ जना, माथागढी गाउँपालिकामा १५ जना, रैनादेवी छहरा गाउँपालिकामा २ जना, निस्दी गाउँपालिकामा ३ जना, रिब्दीकोटमा ४ जना, तिनाउमा ३ जना, रामपुर नगरपालिकामा २ जना, पूर्वखोला गाउँपालिकाका १२ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

पूर्वखोला गाउँपालिकाका एक जना संक्रमितको उपचारको क्रममा मत्यु भएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार