जेठ ८, २०८१ मंगलबार May 21, 2024

समाजप्रति पत्रकार जबाफदेही हुनुपर्छ : सभामुख मण्डल

पत्रकारिता क्षेत्रमा पनि विभिन्न खालका विकृति देखिने गरेकाले सचेत हुनुपर्ने आवश्यकतामा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले पत्रकारले समाजप्रति जबाफदेही भएर पत्रकारिता गर्नुपर्ने धारणा राख्नुभएको छ । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाको शुक्रबार सम्पन्न १३ औँ साधारण सभाको उद्घाटन सत्रमा उहाँले सो कुरा बताउनुभएको हो ।

पत्रकारिता क्षेत्रमा पनि विभिन्न खालका विकृति देखिने गरेकाले सचेत हुनुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो । सत्य तथ्य उजागर गर्नु पत्रकारको धर्म भएको भन्दै सबल, निडर र स्वाभिमानी भएर पत्रकारले पत्रकारिता गरेमा पत्रकारिताप्रतिको विश्वास बढ्ने बताउनुभयो । उहाँले समाजप्रति कोही उदार नभएको अवस्थामा पत्रकारले समाजलाई जीवन्त बनाउनका लागि सत्य कुरालाई बाहिर ल्याउनु पर्नेमा जोड दिनुभयो ।

केही समय यता आएर पत्रकारिताप्रतिको भरोसामा समेत कमी आएको भन्दै पत्रकारिता जगतमाथि जनताले गरेका भरोसा गुम्न नदिनका लागि पत्रकारिता जगतले सचेत हुनुपर्ने धारणा राख्नुभयो ।

अहिलेको समयमा सोसल मिडिया हाबी भए पनि त्यसको विश्वसनीयता नभएको बताउनुभयो । प्रदेशसभा सदस्य एवम् नेपाल पत्रकार महासङ्घ धनुषाका पूर्व अध्यक्ष रामअशिष यादवले पत्रकारको सम्मान नभएसम्म लोकतन्त्रको सम्मान नहुने भन्दै स्वतन्त्र प्रेसमा प्रतिबन्ध लगाएमा गणतन्त्र नै समाप्त हुने धारणा राख्नुभयो ।

उहाँले लोकतन्त्रको रक्षा र सङ्घीयताको संरक्षणका लागि पत्रकारको कलम चल्नु पर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव दीपेन्द्र चौहानले देशको अर्थतन्त्रमा परेको असरले पत्रकारिता क्षेत्र पनि अछुतो नरहेको भन्दै सरकारले सञ्चार क्षेत्रको संरक्षण प्रवर्धनका लागि गम्भीर हुनुपर्ने धारणा राख्नुभयो ।

नेपाल पत्रकार महासङ्घ धनुषा शाखाका अध्यक्ष मनिका झाको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य केसी लामिछाने, अर्का केन्द्रीय सदस्य रिंकु मिश्र, प्रदेश अध्यक्ष राजेश कर्ण, आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलाश दास, नेपाल पत्रकार महासङ्घ धनुषाका पूर्व अध्यक्ष उमेश साह लगायतले धारणा राख्नुभयो ।

त्यस्तै, निवर्तमान अध्यक्ष अनिल मिश्र, धनुषा शाखाका सल्लाहकार पुरन गुप्ता, धनुषा शाखाका उपाध्यक्ष अवधेश कामतसहितले पत्रकार र सञ्चार माध्यमले भोग्दैआएको समस्या र तीनका सम्मानका विषयमा धारणा राख्नुभएको थियो । १३ औँ साधारण सभाको बन्दसत्रमा नेपाल पत्रकार महासङ्घ धनुषा शाखाका सचिव बटुकनाथ झाले प्रस्तुत गर्नुभएको साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष राजकमल सिंहले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनमाथि छलफल भएपश्चात् दुवै प्रतिवेदन पारित गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिरोहिया पक्राउबारे बाबुरामको प्रतिक्रिया: प्रचण्डले ज्ञानेन्द्रपथ अनुशरण गरे
२०८१ जेठ ८, मंगलबार
प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेटवार्ता
२०८१ जेठ ८, मंगलबार
प्रधानमन्त्रीसँग भुटानका कृषिमन्त्रीको शिष्टाचार भेटघाट
२०८१ जेठ ८, मंगलबार
जलवायु परिवर्तन र हिमाल जोगाउने मुद्दालाई विमस्टेकले गम्भीरतापूर्वक लिनुपर्छ : राष्ट्रपति
२०८१ जेठ ८, मंगलबार
कालिका बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र
२०८१ जेठ ८, मंगलबार
आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी
२०८१ जेठ ८, मंगलबार
राष्ट्रियसभामा पनि प्रतिपक्षको नाराबाजीका बीच धन्यवाद प्रस्ताव पारित
२०८१ जेठ ८, मंगलबार