श्रावण ५, २०८२ सोमबार July 21, 2025

महिला मन्त्रालयमा पुरुषको वर्चस्व

राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने आवाज उठेपनि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख २ गते  । महिला सशक्तीकरण तथा उत्थानसमेतका लागि स्थापना गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको नेतृत्वको जिम्मेवारीमा प्रायः पुरुष हाबी हुने देखिएको छ । मन्त्रालय स्थापना भएको २८ बर्से अवधिको तथ्याङ्कमा यस्तो देखिएको हो । २०५२ सालमा स्थापना भएको मन्त्रालयमा हालसम्म ५० जना मन्त्री भएका छन् । तीमध्ये १५ जना मात्र महिला छन् । मन्त्रालयमा कर्मचारीतर्फको नेतृत्वमा पनि अधिकांश पुरुष नै हाबी हुने गरेको देखिन्छ ।

यस अवधिमा लीला कोइराला, सहाना प्रधान, अष्टलक्ष्मी शाक्य, दुर्गा श्रेष्ठ, जयपुरी घर्तीमगर, ऋद्धिबाबा प्रधान, नीलम केसी, आशा कोइराला, थममाया थापामगर, जुलीकुमारी महतो, चन्दा चौधरी, उमा रेग्मी र भगवती चौधरीबाहेकका सबै पुरुष मन्त्री भए । महतो र चौधरीले दोहो¥याएर मन्त्री हुने अवसर पाउनुभयो । वर्तमान महिलामन्त्री नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट भगवती चौधरी हुनुभएको छ र उहाँ यसअघि २०७९ साल पुस ३ देखि फागुन १५ सम्म सो जिम्मेवारी पाउनुभएको थियो ।

राज्यमन्त्री र सहायकमन्त्री १९ जना भएकामध्ये १० जना महिला थिए। अन्य नौ जना पुरुष राज्यमन्त्री र सहायकमन्त्री भएका थिए । राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने आवाज उठ्ने गरे पनि राजनीतिक दलहरूले महिलाको उचित प्रतिनिधित्व गराउने गरेका छैनन्।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) की नेता एवं पूर्वमन्त्री आशा कोइरालाले नेपालको संविधानबमोजिम राज्यका हरेक निकायमा महिला उपस्थित गराउन प्रतिस्पर्धा गर्ने वातावरण बन्न नसक्दा महिला प्रतिनिधित्व कमजोर भएको तर्क गर्नुभयो । “संविधान र कानुनबमोजिम राज्यका हरेक निकायमा ३३ प्रतिशत अधिकार सुनिश्चित गरेको छ । बोलीमा सबैले समावेशी राज्य हुनु पर्छ भन्दै वकालत गर्छन्,” उहाँले भन्नुभयो, “तर व्यवहारमा अझै शतप्रतिशत समावेशिता कार्यान्वयन हुन सकेको छैन ।”

उहाँले आफ्नो पार्टीले सङ्घदेखि प्रदेश र स्थानीय तहमा केही हदसम्म समावेशिता कार्यान्वयन गर्ने प्रयास गरेको दाबी गर्नुभयो । “महिला मन्त्रालयमा सकेसम्म महिला नै हुँदा राम्रो हुन्थ्यो,” उहाँले भन्नुभयो, “तर महिला मन्त्रालयमा महिलाका मुद्दा मात्रै नभएर बालबालिका र ज्येष्ठ नागरिकका पनि हुने हुँदा पुरुषलाई मन्त्रीको जिम्मेवारी दिँदा फरक नपर्ला ।”

नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्मा दलहरूले राजनीतिक सङ्घर्षमा हुँदा सशक्त रूपमा महिला अधिकारका मुद्दा उठाए पनि क्रमशः कमजोर हुँदै गएको बताउनुहुन्छ । “राजनीतिक क्षेत्रमा महिलालगायत अन्य समुदायको प्रतिनिधित्व बढ्दै गएको छ । कर्मचारीतन्त्रमा महिला बढेको छ । महिला सचिव र सिडिओ देख्न मुस्किल हुन्थ्यो,” उहाँले भन्नुभयो, “समय क्रमसँगै राज्यका हरेक निकायमा महिला प्रतिनिधित्व बढ्दै जान्छ ।”

एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले देशको जनसङ्ख्या महिलाको बढी भए पनि राज्यका निकायमा उचित रूपमा प्रतिनिधित्व गराउन नसकिएको स्वीकार गर्नुभयो । “पार्टीले महिलाको प्रतिनिधित्व गराउने वातावरण बनाउँदै लगेको छ,” उहाँले थप्नुभयो, “कर्मचारीतन्त्रमा प्रतिस्पर्धा गरेर माथिल्लो तहमा पुग्न सकिन्छ तर राजनीतिमा महिलालाई प्रत्यक्ष निर्वाचित भएर आउन सकस हुँदा कम प्रतिनिधित्व हुने गरेको छ ।”

महिला मन्त्रालयमा कुल २७ सचिव भएकामध्ये चार जना मात्रै महिला सचिव भएका छन्। प्रभा बस्नेत, उर्मिला श्रेष्ठ, बिन्द्रा हाडा भट्टराई र यमकुमारी खतिवडा सचिव हुनुभएको थियो । मन्त्रालयका उपसचिव विनोदकुमार दाहालले सहसचिवदेखि तल्लो तहमा महिलाको सङ्ख्या बढी भएको जानकारी दिनुभयो । “आरक्षणको व्यवस्था भएपछि पछिल्लो समय निजामती सेवामा महिलाको सङ्ख्या बढेको छ । त्यसो हुँदा सिंहदरबारभित्रका निकायमा महिला बढी कार्यरत देखिन्छन्,” उहाँले भन्नुभयो, “यस मन्त्रालयमा महिला बढी हुनु संयोग हो । कुनै बेला पुरुष बढी देखिन्थे ।”

महिला मन्त्रालयमा सहसचिवभन्दा तलका तहमा पुरुषभन्दा महिला बढी छन्। मन्त्रालयमा सहसचिव इन्दु घिमिरे प्रशासन महाशाखा प्रमुख, आभा श्रेष्ठ महिला सशक्तीकरण महाशाखा प्रमुख हुनुहुन्छ भने रामकृष्ण लामिछाने समाज कल्याण तथा सङ्घ संस्था समन्वय महाशाखा प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ ।

महिला मन्त्रालयमा सहसचिवभन्दा तलका तहमा पुरुषभन्दा महिला बढी छन् । मन्त्रालयमा सहसचिव इन्दु घिमिरे प्रशासन महाशाखा प्रमुख, आभा श्रेष्ठ महिला सशक्तीकरण महाशाखा प्रमुख हुनुहुन्छ भने रामकृष्ण लामिछाने समाज कल्याण तथा सङ्घ संस्था समन्वय महाशाखा प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ । सो मन्त्रालयमा १३ जना उपसचिवमध्ये महिला नौ जना छन् । महिला उपसचिवमा विमला पौडेल, सम्झना देवकोटा, जमुना मिश्र, नीता शर्मा, सविता अर्याल, ममता बास्तोला, इन्दिरा आचार्य, मीना पौडेल, ममता विष्ट हुनुहुन्छ । पुरुष उपसचिवमा चिरञ्जीवी भण्डारी, विनोदकुमार दाहाल, रामहरि गैरे र जीवनप्रकाश महोत्रा हुनुहुन्छ ।

शाखा अधिकृत वा सोसरहको पदमा २३ जना कार्यरत छन् । तीमध्ये १९ जना महिला अधिकृत वा सोसरहको पदमा कार्यरत छन् । नायब सुब्बा वा सोसरह र खरिदारसरह कार्यरत ३८ जनामध्ये ३३ जना महिला छन् । कार्यालय सहयोगी र सवारीचालकमा २४ जना कार्यरत भएकामा १५ जना महिला छन् । गोरखापत्रबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सिद्धार्थ राजमार्गमा रातिमा सवारी चलाउन नपाइने
२०८२ श्रावण ४, आइतबार
पाकिस्तानको सिन्ध प्रान्तमा सवारी दुर्घटनामा १० जनाको मृत्यु, ६० भन्दा बढी घाइते
२०८२ श्रावण ४, आइतबार
मध्यपश्चिम विश्वविद्यालयमा आंशिक प्राध्यापकको आन्दोलन स्थगित
२०८२ श्रावण ४, आइतबार
रूपन्देही ३ मा असोज २१ गते उम्मेदवारी मनोनयनको कार्यक्रम सार्वजनिक
२०८२ श्रावण ४, आइतबार
नेपालीको नशा नशामा क्रिकेट : प्रधानमन्त्री
२०८२ श्रावण ४, आइतबार
डेङ्गीका कारण सुर्खेतमा एक वर्षमै चारको मृत्यु, तीन नगरपालिका उच्च जोखिममा
२०८२ श्रावण ४, आइतबार
प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय
२०८२ श्रावण ४, आइतबार