जेठ ८, २०८१ मंगलबार May 21, 2024

मधेस प्रदेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै

प्रदेशसभा बैठकमा मुख्यमन्त्रीबाट विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसूची

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जनकपुर ।  मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिनुहुने भएको छ । मधेस प्रदेशसभा सचिवालयका निमित्त सचिव अरुणकुमार झाले आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीबाट विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव पेश गर्ने कार्यसूची रहेको जानकारी दिनुभयो ।

केन्द्रमा सत्तासमीकरण फेरिएसँगै तत्कालीन सत्तासाझेदार दल नेपाली कांग्रेसले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लाग्नुभएको हो । उहाँले मुख्यमन्त्री नियुक्त भएयता यो चौथो पटक लिन लागेको विश्वासको मत हो ।

सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ ।

जनता समाजवादी पार्टी (जसपा) प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका मुख्यमन्त्री यादवलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीको समर्थन रहेको छ ।

एक सय सात सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ५४ सदस्यको समर्थन चाहिन्छ । हाल सत्तागठबन्धन एक ठाउँमा रहे मुख्यमन्त्री यादवको पक्षमा स्पष्ट बहुमत छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कालिका बहुमुखी क्याम्पसलाई क्युएए प्रमाणपत्र
२०८१ जेठ ८, मंगलबार
आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी
२०८१ जेठ ८, मंगलबार
राष्ट्रियसभामा पनि प्रतिपक्षको नाराबाजीका बीच धन्यवाद प्रस्ताव पारित
२०८१ जेठ ८, मंगलबार
प्रमुख प्रतिपक्षको नाराबाजीका बीच राष्ट्रपतिलाई धन्यवाद दिने प्रस्ताव पारित
२०८१ जेठ ८, मंगलबार
पशुपतिनाथ मन्दिरको भेटी चोर्ने आठ जना पक्राउ
२०८१ जेठ ८, मंगलबार
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध धनुषामा पक्राउ पूर्जी जारी
२०८१ जेठ ८, मंगलबार
गण्डकी सरकारविरुद्धको रिट न्यायाधीश रेग्मी र पोखरेलको संयुक्त इजलासमा
२०८१ जेठ ८, मंगलबार