जेठ ८, २०८१ मंगलबार May 21, 2024

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता

न्यादीले प्रतिकित्ता रु एक सयका दरले तीन करोड तीन लाख ६० हजार सात सय ८४ कित्ता शेयर निष्कासन गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी पावर लिमिटेडबीच सेयर प्रत्याभूतिसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

सिउरी न्यादीले निष्कासन गर्न लागेको साधारण शेयरको कोषले प्रत्याभूति गर्नेसम्बन्धी सम्झौता आज हस्ताक्षर भएको हो ।

सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र न्यादी पावरको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाईँले हस्ताक्षर गर्नुभएको छ । न्यादीले प्रतिकित्ता रु एक सयका दरले तीन करोड तीन लाख ६० हजार सात सय ८४ कित्ता शेयर निष्कासन गर्दैछ ।

उक्त शेयरको रु तीन अर्ब तीन करोड ६० लाख ७८ हजार चार सय बराबरको शेयर प्रत्याभूति कोषले गर्ने भएको हो । यसभन्दा अघि पनि कोषले धेरै कम्पनीसँग शेयर प्रत्याभूतिको कार्य गरिसकेको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
काठमाडौंका एक लाख २५ हजार बालबालिकालाई ‘आइपिभि’ खोप लगाइने
२०८१ जेठ ८, मंगलबार
राजनीतिक गतिरोध अन्त्य गर्न नेपाली काँग्रेस गम्भीर हुनुपर्छ: अध्यक्ष ओली
२०८१ जेठ ८, मंगलबार
सहकारीमा तोडफोड गर्ने ३ महिलासहित ९ जना पक्राउ
२०८१ जेठ ८, मंगलबार
बन्दुकधारीले गरेको आक्रमणबाट ४० बढीको मृत्यु
२०८१ जेठ ८, मंगलबार
सिरोहिया पक्राउबारे बाबुरामको प्रतिक्रिया: प्रचण्डले ज्ञानेन्द्रपथ अनुशरण गरे
२०८१ जेठ ८, मंगलबार
प्रधानमन्त्रीसँग बिम्स्टेकका महासचिवको शिष्टाचार भेटवार्ता
२०८१ जेठ ८, मंगलबार
प्रधानमन्त्रीसँग भुटानका कृषिमन्त्रीको शिष्टाचार भेटघाट
२०८१ जेठ ८, मंगलबार