जेठ ५, २०८१ शनिबार May 18, 2024

सप्तरीमा २४ घर जलेर खरानी हुँदा लाखौँको क्षति

आगलागीबाट ११ परिवारको २४ घर डढेर खरानी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सप्तरी । सप्तरीको कञ्चनरुप नगरपालिका ५ पडेमारा स्थित सरदार टोलमा आइतबार दिउँसो भीषण आगलागी हुँदा लाखौँको क्षति भएको छ । आगलागीबाट ११ परिवारको २४ घर डढेर खरानी भएको हो ।

प्रहरीका अनुसार ११ परिवारको २४ घर जल्दा घरमा रहेको अन्नपात लत्ता कपडा जलेर खरानी हुँदा लाखौँको क्षति भएको छ । स्थानीय लाल मोहन सरदारको गोठको चुलोमा बालेको आगोबाट अचानक आगलागी हुँदा ११ परिवारको २४ घर जलेर नष्ट भएको हो ।

आगलागीबाट कुनै मानवीय क्षति नभएको र १२ जनाको २४ वटा घर टहरा, १ वटा बाख्रा, १ वटा बाख्राको पाठो जली पूर्ण रुपमा क्षति हुँदा रु २५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय, सप्तरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो ।

आगोलाई राजबिराज नगरपालिका, मधेश प्रदेश तालिम केन्द्र राजबिराज, हनुमानगर कंकालिनी नगरपालिका र कञ्चनरुप नगरपालिकाको दमकल र नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरूको सहयोगमा साढे ४ बजे नियन्त्रणमा लिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया