जेठ ५, २०८१ शनिबार May 18, 2024

कर्णालीमा आजै मन्त्रीपरिषद बिस्तार – भोली नै विश्वासको मत लिने तयारी

माओवादी केन्द्रले रणसिंह परियारलाई मन्त्री बनाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कर्णालीमा सरकार बनेको दुई सातापछि सानो आकारको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । नेकपा माओवादी केन्द्रले रणसिंह परियारलाई मन्त्री बनाउन सिफारिस गरेको छ ।

नयाँ गठबन्धनबाट मुख्यमन्त्री बनेका एमालेका यामलाल कँडेल २७ चैतमा मुख्यमन्त्री नियुक्त भएका थिए । तर अहिलेसम्म मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । मंगलबार मात्रै दलहरुबीच प्रारम्भिक भागबण्डा मिलेको छ । बुधबार मन्त्रिपरिषद् विस्तार गर्ने र बिहीबार नै मुख्यमन्त्री कँडेलले विश्वासको मत लिने तयारी गरेका छन् ।

नेकपा माओवादी केन्द्रले पहिलो् चरणमा रणसिंह परियारलाई पठाउने निर्णय गरेको छ । उनलाई कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने विषयमा भने अहिले कुनै निर्णय भएको छैन । हुम्लाबाट प्रत्यक्षतर्फ निर्वाचित सांसद परियार यसअघि पार्टीको प्रमुख सचेतक थिए ।

बुधबार विहान बसेको माओवादी दलको बैठकले परियारलाई मन्त्री बनाउने निर्णय गरेको हो । बैठकले मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत दिने निर्णय पनि गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् सधैँ बन्धक बन्न सक्दैन : सभामुख घिमिरे
२०८१ जेठ ५, शनिबार
एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी- २० को उपाधि
२०८१ जेठ ५, शनिबार
ताइवानको संसदमा भीषण झडप, सांसदहरुबीच हानाहान !
२०८१ जेठ ५, शनिबार
हार्दिकलाई एक खेलको प्रतिबन्ध, अर्को आइपिएलको पहिलो खेल गुमाउने
२०८१ जेठ ५, शनिबार
गाजाको जबलियामा ७० भन्दा बढी ठाउमा इजरायलको बमबारी
२०८१ जेठ ५, शनिबार
सभामुखको प्रधानमन्त्री र ओलीलाई सुझाव : अवरोधका बीच विश्वासको मत लिदा राम्रो जादैन
२०८१ जेठ ५, शनिबार
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले दोस्रो चरणका संघर्षका कार्यक्रम घोषणा
२०८१ जेठ ५, शनिबार