जेठ ६, २०८१ आइतबार May 19, 2024

सहसचिव डा. गैरेलाई सेवाबाट हटाउने निर्णय

गैरेले बिदा स्वीकृत नगराई २०८० वैशाख २ गतेदेखि अनुपस्थित भएपछी कार्वाही

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख १४ गते । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. कमलराज गैरेलाई सेवाबाट हटाउने निर्णय गरेको छ ।

मन्त्री परिषद्को बैठकले उहाँलाई निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) को खण्ड (छ) बमोजिमको कसुरमा सोही ऐन दफा ५९ को खण्ड (ख) को देहाय (१) बमोजिम भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी निजामती सेवा नियमावली, २०५० को नियम ११२ को उपनियम (३) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम हटाउने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।

क.स.नं. १५३३०६० भएको गैरेले बिदा स्वीकृत नगराई २०८० वैशाख २ गतेदेखि अनुपस्थित थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया