जेठ ७, २०८१ सोमबार May 20, 2024

इलाम र बझाङको उपनिर्वाचन उत्साहपूर्ण : निर्वाचन आयोग

इलाम - २ मा ५८ प्रतिशत र बझाङमा ५० प्रतिशत मतदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, वैशाख १५ गते। शनिबार इलाम र बझाङ् जिल्लाको उपनिर्वाचन उत्साहजनक रुपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ।

मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्ट गर्नेक्रम जारी रहेको आयोगले जनाएको छ।आयोगका उपसचिव एवम् सहायक प्रवक्ता रामदत्त पाण्डेयले जारी गर्नुभएको विज्ञप्ति अनुसार इलाम जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा करिब ५८ प्रतिशत र बझाङ् जिल्ला प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र न १ मा करिब ५० प्रतिशत मतदान भएको छ।

उपनिर्वाचनमा इलाममा क्षेत्र नम्बर २ मा एक लाख १५ हजार ८८९ मतदाता र बझाङ क्षेत्र १ मा ६१ हजार ७४८ मतदाता रहेका थिए।

मतदान सम्पन्न भएका सबै मतदानस्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य भइरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।इलामको मतपेटिका मतगणनास्थल इलाम नगरपालिकाको वडा न ७ स्थित गौतम बुद्ध सभागृहमा राति ११ बजे र बझाङको मतपेटीका जिल्ला अदालत चैनपुरमा हवाइमार्गबाट आइबार बिहान १० बजेभित्र ढुवानी भइसक्ने गरी आवश्यक व्यवस्था मिलाइएको विज्ञप्तिमा उल्लेख छ।

उपनिर्वाचन सम्पन्न गराउने कार्यमा भूमिका निर्वाह गर्ने पक्षलाई अयोगले धन्यवाद दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया