श्रावण १, २०८२ बिहिबार July 17, 2025

स्थानीय तहमा बेमौसमी सरुवा

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करिब तीन सातामा ६० जना प्रमुख प्रशासकीय अधिकृत सरुवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, वैशाख १७ गते । सरकारले बेमौसमी रूपमा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत धमाधम सरुवा गर्न थालेको छ ।

नयाँ सरकार गठन भएसँगै अधिकांश मन्त्रालयका सचिव र सहसचिव सरुवा गरेको सरकारले अब स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत पनि सरुवा गर्न थालेर स्थानीय तहको काममा समस्या सिर्जना गरेको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले करिब तीन सातामा ६० जना प्रमुख प्रशासकीय अधिकृत सरुवा गरेको छ । सरुवा भएकामध्ये अधिकांश दुई वर्षभन्दा कम सेवा गरेका प्रमुख प्रशासकीय अधिकृत छन् ।

मन्त्रालयका प्रशासन महाशाखा प्रमुख एवं सहसचिव रामकुमार महतोले स्थानीय तहमा आर्थिक वर्षको अन्त्यमा प्रमुख प्रशासकीय अधिकृत सरुवा गर्ने मन्त्रालयको नीति नभई बाध्यता भएको बताउनुभयो । “कतिपय प्रमुख प्रशासकीय अधिकृत आफैँ सरुवा हुन चाहेकाले मन्त्रालयले सरुवा गरेको हो । यसलाई बेमौसमी सरुवा भन्न मिल्दैन,” उहाँले भन्नुभयो । निजामती सेवा ऐन अनुसार कर्मचारीको सरुवा आर्थिक वर्षको प्रारम्भ साउन र भदौमा मात्र गर्नुपर्ने व्यवस्था छ ।

काठमाडौँको गोकर्णेश्वर नगरपालिकाबाट हालै मात्र जनकपुर उपमहानगरपालिकामा सरुवा गराइएका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले आर्थिक वर्षको अन्त्यमा स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत सरुवा गर्दा विकास निर्माणको काममा बाधा पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई पालिकाको स्थिति बुझ्नै एक महिना लाग्छ । नियम अनुसार एक महिनापछि जेठ महिनाभित्रमा अर्को आर्थिक वर्षको बजेट तर्जुमा गरिसक्नुपर्ने व्यवस्था छ । त्यसो हुँदा अहिलेको काम पनि अलपत्र र अर्को आर्थिक वर्षको काममा पनि समस्या सिर्जना हुन्छ ।”

उहाँले स्थानीय तहमा विशेष परिस्थितिबाहेक अन्य अवस्थामा कर्मचारी सरुवा नगर्न सुझाव दिँदै आर्थिक वर्षको प्रारम्भ भदौमा मात्र कर्मचारीको सरुवा गर्नुपर्ने बताउनुभयो । अहिले स्थानीय तहमा धमाधम विकास निर्माणको योजना कार्यान्वयन भइरहेको र कतिपय योजना सम्पन्न भई भुक्तानी दिनुपर्ने अवस्था भएकाले प्रमुख प्रशासकीय अधिकृत सरुवा हुँदा विकास निर्माणको काममा अवरोध भई स्थानीय तहलाई वित्तीय र भौतिक प्रगति सुस्त हुन्छ । नेपाल नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गानाले स्थानीय तहमा आर्थिक वर्षको अन्त्यमा प्रमुख प्रशासकीय अधिकृत सरुवा गर्दा सेवा प्रवाहसँगै विकास निर्माणको काममा प्रत्यक्ष असर पर्ने गरेको बताउनुभयो । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेप्से परिसूचक ७५ अङ्कले बढ्दा, १६ अर्बभन्दा बढीको कारोबार
२०८२ श्रावण १, बिहिबार
आइएमई खल्ती लिमिटेडले सुरु गर्‍यो एकीकृत सेवा, डिजिटल पहुँच र समावेशीकरणमा जोड
२०८२ श्रावण १, बिहिबार
आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन
२०८२ श्रावण १, बिहिबार
पश्चिम नवलपरासीमा लम्पीस्किन सङ्क्रमण फैलिँदै
२०८२ श्रावण १, बिहिबार
वागीश्वरीमा दुई वर्षपछि जुँगे महादेवको प्राणप्रतिष्ठा हुँदै
२०८२ श्रावण १, बिहिबार
अब सातै प्रदेशमा ‘एक विद्यापीठ, एक नमुना गुरुकूल’
२०८२ श्रावण १, बिहिबार
बालबालिकाकाे मोबाइल लत छुटाउने यी हुन् ५ टिप्स्
२०८२ श्रावण १, बिहिबार